नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार नाघ्यो, थप ३४८१ मा संक्रमण पुष्टि


प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार

नेपालमा २४ घण्टामा ३ हजार ४ सय ८१ कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ६ सय ५६ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा ९६४ संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जना रहेका छन्।
यस्तै, २४ घण्टामा १८८५ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म ६ लाख ७५ हजार ८३ जना निको भएका छन्। निको हुने दर ९३.४ प्रतिशत छ।


बुधबार ३० जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १ सय ८० रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ पुगेको छ। जसमध्ये होम आइसोलेसनमा ३४ हजार ८ सय १३ र संस्थागत आइसोलेसनमा ३ हजार २ सय २० जना छन्। आइसीयूमा ७९६ र भेन्टिलेटरमा १८४ जना छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com