भिसा र ग्रिनकार्डका सन्दर्भमा ६ महिनामा आधादर्जन परिवर्तनको तयारी


प्रकाशित मिति : भाद्र २६, २०७८ शनिबार

बाइडेन प्रशासनले अमेरिकाका विभिन्न प्रकारका भिसा र ग्रिनकार्डका सन्दर्भमा आगामी ६ महिनाका लागि आधा दर्जनभन्दा धेरै योजनाहरु सार्वजनिक गरेको छ । अर्धबार्षिक योजना अन्तरगत यी एजेण्डाहरु सार्वजनिक गरिएका हुन् भने यी एजेण्डाहरु फेडरल रजिष्टरमा प्रकाशित हुँदै जाने जनाइएको छ ।

कामदार भिसामा आधुनिकिकरण

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कामदार भिसा एचवान बीमा आधुनिकिरणको योजना अगाडि ल्याएको छ । नयाँ नियमले रोजगारदाता र कामदारको सम्बन्धलाई पुन परिभाषित गर्नेछ । त्यस्तै जालसाजी पत्ता लगाउने र कार्यस्थलको भ्रमण गर्ने सन्दर्भमा नीति नियम स्थापित गर्नेछ ।

एचवान बी भिसामा स्टाटस परिवर्तन गर्न चाहेका विद्यार्थी भिसा एफ वानमा रहेकाहरुका लागि क्याप ग्याप सुविधाबारे स्पष्ट पार्नेछ भने एचवानबी भिसामा रहेका कामदारले नयाँ कार्यस्थल परिवर्तन गरेको खण्डमा सुचित गर्ने प्रकृयालाई थप व्यवस्थीत गर्नेछ । यो नियम आगामी डिसेम्बरमा प्रकाशित गर्ने योजना रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शीघ्र प्रकृयामा विस्तार

रोजगारमा आधारित ग्रिनकार्ड आवेदनका सन्दर्भमा शीघ्र प्रकृयालाई थप विस्तार गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको योजना रहेको छ । रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड ईबी वानको लागि दिइने आवेदन आई १४०, वर्क परमिटका लागि दिइने आवेदन आई ७६५, एचवान बी र एलवान भिसा लगायतका भिसा वाहकको आश्रितका रुपमा स्टाटस परिवर्तन गर्न दिइने आई ५३९ आवेदन लगायतका सन्दर्भमा शीघ्र प्रकृया अनुरोध गर्न पाइनेगरी यो नियमलाई विस्तार गरिने भएको छ । यो नियम  सेप्टेम्बरभित्रै प्रकाशित गर्ने योजना रहेको छ ।

पब्लिक चार्जबारे नयाँ नियम

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् २०१९ को अक्टोबरमा प्रकाशित पब्लिक चार्जको नियमका सन्दर्भमा सर्वसाधारणबाट प्रतिकृयाको गरेको छ ।  ट्रम्प प्रशासनले ल्याएको पब्लिक चार्जको नियम अहिले कार्यान्वयनमा छैन । बाइडेन प्रशासनले नयाँ नियम ल्याउने भएको छ । तर यो ट्रम्पको पालामा ल्याइएको भन्दा निकै भिन्न हुने अपेक्षा गरिएको छ ।

प्रस्तावित नियम ल्याउनुभन्दा अगाडि नै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक प्रतिकृयाको आव्हान गरेको हो ।

भिजिटर भिसाबारे नयाँ नियम

कामदार भिसाहरु एचवान बी र एच थ्रीका साटो बी श्रेणीको भिजिटर भिसा जारी गर्ने नियम खारेजीका पक्षमा अमेरिकी विदेश मन्त्रालय रहेको छ । यो नियम ट्रम्प प्रशासनले सन् २०२० को अन्तिममा प्रस्तावित नियमका रुपमा ल्याएको छ । यसलाई बाइडेन प्रशासनले पनि निरन्तरता दिने भएको छ । तर त्यसमा केही संसोधन गरिने जनाइएको छ ।

बाइडेन प्रशासनले भिजिटर भिसाका सन्दर्भमा ट्रम्पकालिन छुट्टै नीति नियम बनाउन खोजेको छैन । ट्रम्प प्रशासनले भिजिटर भिसाको योग्यताबारे पुनरावलोकन गर्नेगरी छुट्टै नियम ल्याउन खोजेको थियो ।

आप्रवासी भिसा आवेदकलाई अन्तरवार्ता छुट

अमेरिकी विदेश मन्त्रालयले विदेशमा रहेका दूतावास वा कन्सुलेटहरुका सन्दर्भमा लागु हुने गरी आप्रवासी भिसाबारे दुईवटा नियमहरु ल्याउने योजना बनाएको छ । भिसाको ब्याकलग चर्को बनेका कारण त्यसलाई सम्बोधन गर्न नयाँ नियम ल्याउन लागिएको हो । यो नियम अन्तरिम तर अन्तिम नियम हुनेछ ।

सन् २०१९ को सेप्टेम्बर वा त्यसपछि आवेदनहरु स्वीकृत भएका दोहोरिएका निश्चित आप्रवासी भिसा आवेदकहरुले दूतावास वा कन्सुलेटमा उपस्थीत भएर अन्तरवार्ता दिनु नपर्ने गरी यो नियम ल्याउन लागिएको छ । अर्थात् निश्चित आप्रवासी भिसा आवेदकले अन्तरवार्ताको छुट प्राप्त गर्नेछन् ।

यो नियम सेप्टेम्बरभित्रै प्रकाशित गर्ने योजना बनाइएको छ । कोरोना महामारीको राष्ट्रिय संकटकाल समाप्त भएको १८० दिनसम्म पनि यो नियम कार्यान्वयनमा नै रहनेछ । त्यसपछि यो नियम हटाइनेछ ।

अमेरिकी दूतावास काठमाडौं

सपथमा छुट दिने नियम

त्यस्तै भिसाबारेको अर्को नियम पनि आगामी सेप्टेम्बरमा नै प्रकाशित गर्ने योजना बनाइएको छ । त्यसमा निश्चित आप्रवासी भिसा आवेदकलाई अन्तरवार्ता र सपथमा छुट दिइनेछ । अर्थात् उनीहरुले अन्तरवार्ता र सपथ लिनुपर्ने छैन । त्यसका लागि को को योग्य हुनेछन् भन्नेबारे अझै स्पष्ट छैन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com