कोरोना संक्रमणबाट बागमती प्रदेशमा सबैभन्दा धेरै मृत्यु


प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार

कोरोना संक्रमणका कारण हालसम्म सबैभन्दा धेरै मृत्यु बागमती प्रदेशमा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशमा हालसम्म ४ हजार ८६ जनाको मृत्यु भएको हो।

यस्तै, प्रदेश १ मा १ हजार ३ सय ११, प्रदेश २ मा ७ सय ३८, गण्डकीमा १ हजार ९, लुम्बिनीमा १ हजार ५ सय ७८, सुदूरपश्चिमा ४ सय ४३ र कर्णालीमा ४ सय १७ जनाको मृत्यु भएको छ।

सोमबार थप ३२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयका अनुसार २४ घण्टामा २४४५ संक्रमित थपिएका छन्। ७ हजार ८ सय ३३ जनामा पिसिआर विधिबाट र ३ हजार ८ सय ३१ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा पोजिटिभ देखिएको हो।

त्यस्तै काठमाडौंमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ गरी उपत्यकामा ४७४ संक्रमित थपिएका छन्। काठमाडौंमा सक्रिय संक्रमित ५ हजार ३ सय ११ छन् भने भक्तपुरमा ८ सय ७७ र ललितपुरमा ९ सय ७ सक्रिय संक्रमित छन्।

२४ घण्टामा १ हजार २ सय ५८ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणबाट ६ लाख ३३ हजार ३३२ जना कोरोनामुक्त भइसकेका छन्।

सोमबारसम्म होम आइसोलेसनमा २३ हजार ३ सय ३४, संस्थागत आइसोलेसनमा २ हजार ५ सय ३, आइसीयुमा ५ सय ६४ र भेन्टिलेटरमा १ सय ५५ जना छन्।

देशभर ५ सयभन्दा बढी सक्रिय संक्रमित र हेका जिल्लाको संख्या १० छ। जसमा मोरङ, झापा, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही र सुर्खेत छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com