राष्ट्रपतिबाट संघीय संसदको अधिवेशन आह्वान


प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन्। बिहीबार बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभा अधिवेशन आह्वान गरेकी हुन्।

बिहीबारकाे मन्त्रिपरिषद बैठकले साउन ३ गते दिनको ४ बजे संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषदको मिति २०७८/३/३१ को सिफारिसमा साउन ३ गते आइतबार दिनको ४ बजे संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति भण्डारीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग गरेकी थिइन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले यही असार २८ गते प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com