उपत्यकाको निषेधाज्ञा साउन १० सम्म थपियो, यस्ता छन् नयाँ आदेश


प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० सम्म थपिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो।

नयाँ निषेध आदेशअनुसार काठमाडौं उपत्यकाका शैक्षिक संस्थाहरु अझै नखुल्ने भएका छन्। जसअनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलगायतका शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गर्न पाइनेछैन।

यस्तै, सबै प्रकारका सभासम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, क्लब, स्वीमिङ पुल, मनोरन्जन स्थल, सैलून, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न पाइनेछैन।

नित्यपुजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइनेछैन भने स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाउनेछैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनहरुलाई आवतजावत गर्न दिइनेछ भने उपत्यकाभित्र सञ्चालन हुने निजी सवारीसाधनका हकमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ भने कूल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन। सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ।
परीक्षा सञ्चालन हुने कुनै एक स्थान हल तथा कोठाको आकारअनुसार २५ जनाभन्दा बढी मानिसहरु भेला नहुने गरी परीक्षा सञ्चालन गर्नुपर्नेछ।

निषेध आदेशको पूर्ण विवरणका लागि तलको लिंकमा क्लिक गर्नुहोला

निषेध_आदेश_20210715_0001

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com