काठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो, जोरबिजोर प्रणाली हट्यो (के–के खुला भए?)


प्रकाशित मिति : असार २०, २०७८ आईतबार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै असारमसान्तसम्म लम्ब्याइएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा असार ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।

जारी निषेध आदेशअनुसार काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ।

तर सार्वजनिक यातायातमा कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन भने सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ। यस्तै,चालक र सहचालकले अनिवार्य मास्क, भाइज र पन्जा लगाउनुपर्नेछ । सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्नेछ । सवारीसाधन दैनिक रुपमा निसंक्रमित हुनुपर्नेछ।

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधनमात्रै चलाउन दिइएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माइक्रोको तेस्रो सिटमा चार–चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन। सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ।

यस्तै, अत्यावश्यक कामविशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधन प्रवेश गर्न पाउनेछन्। सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिइनेछ।

परीक्षा सञ्चालन हुने कुनै एक स्थान हल तथा कोठाको आकारअनुसार २५ जनाभन्दा बढी भेला नहुने गरी सञ्चालन गर्नुपर्नेछ। यो संख्याभन्दा बढी जम्मा हुने अवस्था आएमा सिफ्टअनुसार परीक्षा सञ्चालन गरी परीक्षार्थीहरु हलमा प्रवेश गर्नुपूर्व र समाप्त भएपछि सरकारले तोकेको मापदण्ड बमोजिमको भौतिक दुरी कायम गर्नुपर्नेछ ।

यस्तै, औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाइनेछ ।

अन्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुँरा एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्नपाइने छ।

उपत्यकाको निषेधाज्ञा आदेशको थप विवरणका लागि तलको लिंक क्लिक गर्नुहोला

उपत्यकाको निषेधाज्ञा आदेश

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com