एमाले केन्द्रीय कमिटी बैठक : हस्ताक्षर फिर्ता लिन नेपाल पक्षलाई साेमबारसम्मको समय


प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालतमा गरेकाे हस्ताक्षर फिर्ता लिन माधव नेपाल समूहका नेताहरुलाई साेमबारसम्मको समय दिएको छ। शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ता लिन साेमबार साढे ५ बजेसम्मको समय दिने निर्णय गरेकाे हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको समय दिइएको जानकारी दिए।

‘आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर केही साथीहरू मुद्दाको पक्ष बनेर सर्वोच्चसम्म पुग्नुभयो,’ ज्ञवालीले भने,‘यो संविधान, लोकतान्त्रिक व्यवस्थाको बर्खिलाप हो। पार्टी विधानसँग मेल खाने विषय होइन। सोमबार साढे ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन बैठकले उहाँहरूलाई आह्वान गरेको छ।’

त्यस्तो अनधिकृत हस्ताक्षरको बहुदलीय प्रणालीमा कुनै मान्यता र वैधता हुन नसक्ने जानकारी सबैलाई गराउने निर्णय बैठकले गरेको उनले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माधव नेपाल समूहले भने उक्त बैठक बहिस्कार गरेको थियो। बैठकमा सहभागी हुन अध्यक्ष केपी ओलीले फोन गरेर आग्रह गरे पनि नेता नेपालले अस्वीकार गरेका थिए। यद्यपि बैठक जारी रहेकै समयमा नेपाल पक्षका नेताहरु गोकर्ण बिस्ट, भीम आचार्य र सुरेन्द्र पाण्डेले बालुवाटारमा अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए।

केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए। उनले पार्टी एकतालाई थप सुदृढ बनाउन सुझाव दिएका थिए। पार्टी एकता गर्न आफूलाई पूर्ण अधिकार दिन अध्यक्ष ओलीलाई आग्रह गरेका थिए।

गौतमको सुझावमा आफ्नो पार्टीलाई कमजोर बनाएर अर्कोलाई बलियो बनाउने गरी एकता हुन नसक्ने भएकालाई त्यस्ता साथीलाई ब्याक हुन प्रधानमन्त्रीले आग्रह गरेको ज्ञवालीले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com