एमाले : शुक्रबारको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष सहभागी नहुने


प्रकाशित मिति : असार १७, २०७८ बिहीबार

नेकपा एमालेले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल समूह सहभागी नहुने भएको छ। विहीबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले यथास्थितिमा शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा नजाने निर्णय गरेको हो।

बैठकपछि नेता भीम रावलले विधानविपरीत गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसले गरेका निर्णयले पार्टी एकतामा अवरोध पुग्ने भएकाले शुक्रबारको बैठकमा सहभागी नहुने निर्णय गरिएको बताए।

उनले एकताका लागि उचित र औपचारिक सार्थक वार्ता र सहमतिको प्रक्रिया अवलम्बन गरिनुपर्ने उल्लेख गर्दै स्थायी कमिटी बैठकबाट आवश्यक निर्णय प्रक्रियाबाट केन्द्रीय कमिटी बैठक बोलाइनुपर्ने आफूहरुको माग रहेको बताए।

उनले पार्टी विधानबमोजिम आयोजक कमिटी गठन गर्ने कुनै व्यवस्था नभएको भन्दै त्यसप्रति आफूहरुको आपत्ती रहेको र केन्द्रीय कमिटी, केन्द्रीय निकायलगायत सबै तहका कमिटीहरु पूर्ववत क्रियाशील हुनुपर्नेमा जोड दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटी भंग गर्दै शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय लिएकौ थियो। यसलाई नेताहरुले एकता र जेठ २ मा फर्कनका लागि महत्वपूर्ण प्रक्रिया आरम्भ भएकाे क्षणका रुपमा व्याख्या गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com