कोरोना संक्रमणबाट ४१ को मृत्यु, २८९२ संक्रमित थपिए


प्रकाशित मिति : असार १६, २०७८ बुधबार

कोरोना संक्रमणका कारण नेपालमा थप ४१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टा अवधिमा देशभर उक्त संख्यामा मानिसहरुको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय १२ पुगेको छ।

यस्तै, देशभर २८९२ नयाँ संक्रमित थपिएका छन्। ७१८७ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा १८८९ जनामा संक्रमण पुष्टि भएको छ भने ४३८१ जनामा एन्टिजेनबाट परीक्षण गर्दा १००३ जनामा पोजिटिभ देखिएको छ।

त्यस्तै ३५९७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। देशभर कोरोना संक्रमणबाट निको हुने दर ९३.३२ प्रतिशत रहेको छ भने ५.२५ सक्रिय संक्रमित छन्। त्यस्तै हालसम्म १.४३ प्रतिशतको मृत्यु भएको छ।

बुधबार काठमाडौंमा ४३६, भक्तपुरमा ४७ र ललितपुरमा ८९ गरी ५७२ जना संक्रमित उपत्यकामा थपिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com