जेठ २ मा फर्कँदै : एमालेको दशौं महाधिवेशन आयोजक कमिटी भंग, शुक्रबार केन्द्रीय कमिटी बस्दै


प्रकाशित मिति : असार १६, २०७८ बुधबार

२०७५ जेठ २ मा फर्कने तयारीस्वरुप एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको कमिटीको अन्तिम बैठकले आयोजक कमिटी भंग गर्दै उक्त कमिटीलाई स्वतः केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हो।

एमालेले गत चैत ७ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो।

केन्द्रीय कमिटी बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ।

बैठकले तत्कालीन नेकपाको केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा रहेका तर एमालेको स्थायी कमिटीमा नरहेका नेताहरुलाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ। यसरी मनोनित हुनेहरुमा पूर्व माओवादी नेताहरु रामबहादुर थापा बादल, मणि थापा, टोपबहादुर रायमाझी र लेखराज भट्ट तथा एमालेका रघुवीर महासेठ, वेदुराम भुसाल, विष्णु रिमाल र रघुजी पन्त छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

योसँगै वैशाख १२ गतेको महाधिवेशन आयोजक कमिटी तथा जेठ १० को स्थायी कमिटीबाट पार्टीका नेता तथा कार्यकर्तालाई गरिएको कारबाही निष्प्रभावी भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

उनले यो निर्णयबाट पार्टी एकतालाई सुदृढ गर्ने आधार तयार भएको बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com