पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु घरबाहिर निस्कदा मास्क लगाउनुपर्दैन : फाउची


प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार

अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीले पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरु घरबाहिर निस्कदा मास्क लगाउनु नपर्ने बताएका छन् । अमेरिकाको एलर्जी तथा संक्रामक रोग राष्ट्रिय प्रतिष्ठानका निर्देशक फाउचीले एकदमै ठेलमठेल भएको स्थानमा बाहेक पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले मास्क लगाउनु नपर्ने बताए ।

फाउचीले भने – ‘हामी यो अवस्थासम्म आइपुग्न सफल भएका छौं । यदि तपाईले पूर्णरुपमा भ्याक्सिन लगाउनुभएको छ भने तपाईले घरबाहिर मास्क लगाउनु पर्दैन । यदि तपाई ठेलमठेलयुक्त र एकअर्कामाथि मान्छे ठोक्किने भींडभाडमा जानुहुन्छ भनेचाँही मास्क लगाउनुपर्छ । तर अरु समयमा तपाई पूर्णरुपमा भ्याक्सिन लगाउनभएको छ भने बाहिर हुँदा आफ्नो मास्क थन्काउनुहोस् । तपाईले लगाउनु पर्दैन ।’

कम व्यक्तिले भ्याक्सिन लगाएको र कोरोनाबिरुद्धको महामारी चर्को रहेको नेपाल जस्तो मुलुकका लागि भने सीडीसीले जारी गरेको ट्राभल एड्भाइजरीमा पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुलाई समेत मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, भींडभाडमा नजान र हात धुन सुझाव दिइएको छ । नेपालको वर्तमान अवस्थाका कारण पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुलाई पनि संक्रमण हुनसक्ने र नयाँ प्रकार फैलाउन सक्ने जोखिम रहेको सीडीसीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअगाडि अप्रिलको अन्तिम साता सीडीसीले निर्देशिका जारी गर्दै पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले सानातिना आउटडोर जमघटमा वा फरक फरक घरका साथीहरुसँग आउटडोर खानपिनका क्रममा मास्क हटाउन सक्ने जनाएको थियो ।

सीडीसी निर्देशक डाक्टर रोशेल वालेन्स्कीले भनेकी थिइन् – ‘यदि तपाईले पूर्णरुपमा भ्याक्सिन लगाउनुभएको छ र भ्याक्सिन लगाएका तथा नलगाएकाहरुलाई सानोतिनो आउडोर जमघटमा सहभागी हुन चाहनुहुन्छ भने वा फरक फरक घरका साथीहरुसँग आउटडोर रेष्टुरेण्टमा खानाखान चाहनुहुन्छ भने विज्ञानले देखाएको छ कि तपाईले मास्क हटाउन सक्नुहुनेछ ।’

सामान्यतया भ्याक्सिन लगाएकाहरुलाई मास्क विना बाह्य गतिविधि गर्नु सुरक्षित नै हुनेभएपनि धेरै भ्याक्सिन नलगाएका व्यक्ति उपस्थीत हुने र सामाजिक दुरी कायम गर्न सम्भव नहुने भींडभाडयुक्त स्थलहरुमा भने मास्क लगाउन सल्लाह दिइएको थियो ।

संघीय स्वास्थ्य एजेन्सीले भ्याक्सिन लगाएकाहरुलाई पनि घरभित्र हुने ठूला जमघटहरुमा सहभागी नहुन सल्लाह दिएको छ । तर कतिजनासम्मको जमघटलाई ठूलो जमघट भन्नेबारे सीडीसीले परिभाषित गरेको छैन ।

मल, थियटर, म्युजियम लगायतका इन्डोर स्थलहरुमा भने भ्याक्सिन लगाएकाहरुलाई पनि मास्क लगाउन सीडीसीले सुझाव दिएको छ । पूर्णरुपमा भ्याक्सिन लगाएको भन्नाले फाइजर र मोडेर्नाको दोश्रो डोज लगाएको २ साता पूरा भइसकेको बुझ्नुपर्छ । त्यस्तै जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको दुईसातापछि पनि पूर्णरुपमा भ्याक्सिन लगाएको बुझिन्छ ।

अमेरिकामा अहिलेसम्म १५३ मिलियन भन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् । पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु ११७ मिलियनभन्दा धेरै छन् । अमेरिकामा १८ बर्षमाथिको जनसंख्याको ५८ प्रतिशतभन्दा धेरैले भ्याक्सिन लगाइसकेका छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com