प्रवासमा फैलिदै विप्लव निकट मोर्चा, अमेरिकामा विश्व शाहको संयोजकत्वमा अधिवेशन आयोजक समिति


प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार

विप्लव नेतृत्वको नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा विदेशमा विस्तारित हुँदैछ । यसै क्रममा नेपाली जनप्रगतिशील मोर्चा अमेरिकाले प्रथम अधिवेशन आयोजक समिती गठन गरेको छ ।

बुधवार सम्पन्न मोर्चाको बिस्तारित बैठकले दश सदस्यीय प्रथम अधिवेशन आयोजक समिती गठन गरेको हो । मोर्चाका अध्यक्ष विश्व बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको बैठकमा नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलका महासचिव तथा यूरोप मोर्चाका सदस्य प्रदीप अधिकारी अतिथी रहेका थिए ।

शहिदहरु प्रति सम्मान ब्यक्त गर्दै एक मिनेट मौनधारण गरि बैठकको प्रारम्भ गरिएको थियो । मोर्चाको बैठकले नेपालमा संसदीय व्यवस्था पूर्णरुपमा असफल भएकोले नेपाली जनताको स्वतन्त्रता र संवृद्धिको लागि वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य भएको ठहर गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो व्यवस्थाको असफलताको कारणले नै लाखौं नेपाली दाजुभाइ तथा दिदीवहिनीहरु प्रवासिन बाध्य भएको बैठकले निष्कर्ष निकालेको छ । यहि क्रममा अमेरिका आइपुगेका नेपालीहरुमाथि निरन्तर भौतिक हमलाहरु भइरहेको तथा यसरी नष्लवाद वा अन्य कुनै कारणवाट प्रभावित भएर नेपालीहरुमाथि भएको भौतिक हमलाको बैठकले भत्र्सना समेत गरेको छ ।

बैठकका अतिथी प्रदिप अधिकारीले नेपालको राजनीतिक अवस्था, प्रवासमा हामीले खेल्नु पर्ने भूमिका तथा आजको सामाजिक संरचनामा विकास गर्नु पर्ने राजनीतिक, सामाजिक तथा सांस्कृतिक चेतनाको विकास, अमेरिकामा मोर्चाको आवश्यकता र त्यसले खेल्नु पर्ने भूमिकाको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

विश्व बहादुर शाहको संयोजकत्वमा गठित समितिमा सचिव दिपक लामिछाने सदस्यहरु दर्शना नेपाली, पंकज कट्टेल, कृष्णध्वज थापा, अर्जुन नेपाल, नविन चौलागाईं, रामचन्द्र पहारी, खगेश्वर काप्री र अशिम घिमिरे रहेका छन ।

दिपक लामिछानेले संचालन गरेको बैठ्कले कार्यसमितिको तत्काल बैठक बसी अधिवेशनको मिती तय गर्ने निर्णय गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com