टेक्सास यूलेस सिटी काउन्सिल सदस्यमा नेपाली मुलका पौडेल उम्मेदबार


प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार

अमेरिकी मुलधारको राजनीतिमा नेपाली मुलका अमेरिकी नागरिकहरुको प्रवेश तथा सक्रियता बढ्दो छ । नेपाली मुलका अमेरिकी नागरिकहरु यहाँको राजनीतिमा सक्रियता पूर्वक काम गरिरहेका छन् ।

यसैक्रममा अहिले अमेरिकाको टेक्सास राज्य अन्र्तगत यूलेस काउन्सिल सदस्यमा नेपालीमुलका अमेरिकी नागरिक टिका पौडेल उम्मेदवार छन् । अप्रिल २७ तारिख सम्म अग्रिम मतदानको समय छ । मे १ तारिख मतदानका लागि अन्तिम दिन हो ।

पौडेको चुनावी अभियानमा समर्थन जनाउँदै युलेस निवासी संचारकर्मी सूर्य थापाको परिवार ।

नेपालको चितवन जिल्लामा जन्मिएका पौडेल करिव १५ बर्षदेखी अमेरिकामा छन् । नेपालमा प्राद्यापन पेशामा संलग्न थिए ।

‘म समुदायको सेवामा निरन्तर सक्रिय छु, नेपाली समुदायका सबैको सहयोगले म यो अभियानमा छु ।’  पौडेलले नेपाली समुदायले गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै, अग्रिम मतदानमा सहभागि हुन आग्रह गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यूलेस सिटीमा झण्डै  ५ सय नेपाली अमेरिकन मतदाता रहेको अनुमान गरिएको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको टेक्सास राज्य अन्तरगत यूलेसमा करिव ८ हजार नेपालीहरु छन् ।

सिटी काउन्सिलले स्थानिय सुरक्षा, पार्क, पूर्वाधार निमार्ण लगायतका नीतिहरु बनाउने काम गर्दछ । सिटी काउन्सिलमा मेयर लगायत ७ जना सदस्य हुन्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com