भुटानबाट झापाको शिविरमा १६ बर्ष बिताएर अमेरिका आएका गुरूङको ९० बर्षमा निधन


प्रकाशित मिति : चैत्र २, २०७७ सोमबार

साम्ची भुटानको टेन्डु ब्लक, ज्याते गाऊँबाट नेपालको झापामा रहेको खुदुनाबारी शिविरमा करिब १६ वर्ष बिताएर अमेरिका आएका ९० बर्षका हर्कमान गुरूङको निधन भएको छ । एसोसिएसन अफ भुटनिज कम्युनिटी टेनेसीका अनुशार गुरूङका हिजो टेनिसीको एन्टियोक सिटीमा निधन भएको हो ।

केही बर्ष अगाडि अमेरिका आएर टेनिसीको एन्टियोक सिटीको रिभेन्डेलहूड बस्दै आएका भूटानी नेपाली समाजका बृद्ध व्यक्ति गुरूङको निधनप्रति एसोसिएसन अफ भुटनिज कम्युनिटी टेनेसीले दुख व्यक्त गरेको छ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना समेत व्यक्त गरिएको छ ।

उनी पाँचभाई छोराहरू प्रेमलाल, टेकबहादुर, रामबहादुर, गोबिन्द, दलराज गुरूङ र छोरी हरिमाया गुरूङका पिता हुन् । उनी शरणार्थीका रुपमा अमेरिकामा आएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्च १७ बुधबार गुरूङको दाहसंस्कार गरिने जनाइएको छ । दाहसंस्कारमा उपस्थीत हुन चाहने टेनिसीवासी नेपाली भूटानी तथा अन्य राज्यहरूमा रहने मृतकका निकट आफन्त र साथीभाईहरूलाई टेनेसीको नासभिलमा रहेको वेष्ट हार्पेथ फ्युनरल होममा बुधबार विहान १० बजेदेखि १२ बजेसम्म उपस्थीत हुन सुचित गरिएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com