नेपाली उबर चालकमाथि दुर्ब्यबहार गर्ने युवती लिफ्ट चढ्ने घोषणा गर्दै लाइभमा, लिफ्टबाट स्थायी प्रतिबन्ध


प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार

अर्ना किमाई

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि पेपर स्प्रे गर्ने, मास्क च्यात्ने, अपशब्द बोल्ने र दुब्र्यहबार गर्ने युवती लाइभ भिडियोमा देखिएकी छिन् । ती युवतीलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

भिडियो लाइभमा ती युवतीले आफू एकदमै गलत रहेको स्वीकार गरेकी छिन् भने घटना एकदमै अपमानजनक भएको बताएकी छिन् । तर उक्त अवस्था टार्न सकिने रहेपनि चालकले आफूहरुलाई असुरक्षित स्थानमा झार्न खोजेको आरोप समेत लगाएकी छिन् ।

उबरले नेपाली चालकमाथि भएको यो आक्रमण भयावह भएको बताउँद्र दुब्र्यबहार गर्ने यात्रुको एकाउन्ट खारेज गरिदिएको थियो । उबरले क्षतिपूर्ति वापत चालक खड्कालाई १२० डलर दिएको छ । ती युवतीले अब लिफ्ट चढ्ने घोषणा गरेकी थिइन् । तर लगत्तै लिफ्टले पनि ती युवतीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटना लिफ्टसँग सम्बन्धित नरहेको भएतापनि चालकमाथि भएको दुब्र्यबहार अस्वीकार भएको लिफ्टले जनाएको छ । त्यसैकारण ती युवतीलाई लिफ्टमा स्थायीरुपमा नै प्रतिबन्ध लगाइएको लिफ्टले स्पष्ट पारेको छ । महामारीका बेलामा गाडी चलाउनु सहज नभएको बताउँदै लिफ्टले मास्क लगाउन र एकअर्कालाई सम्मान गर्न आग्रह गरेको छ ।

ती युवतीलाई मास्क लगाउन आग्रह गर्दा उनी र उनको समुहले आइतबार नेपाली उबर चालक खड्कामाथि खोक्नुका साथै मास्क च्यात्ने, फोन खोस्ने, पिरो स्प्रे छर्कने तथा अपशब्द बोल्ने लगायतका दुब्र्यबहार गरेका थिए ।

खड्काले आफूमाथि दक्षिण एसियाली आप्रवासी भएका कारण उनीहरुले निशाना बनाएको र विभेदकारी गाली गलौज समेत गरेको स्थानीय संचारमाध्यमलाई बताएका छन् । ३२ बर्षका खड्कामाथि आइतबार दिउसो सिल्भर एभिन्यु र सान ब्रुनो एभिन्युमा दिउसो पौने १ बजे यस्तो दुब्र्यबहार भएको थियो ।

गाडीमा चढेकी ती महिलाले मास्क लगाउन अस्वीकार गरेपछि आफूले गाडी रोकेको तथा मास्क किन्नका लागि ग्यास स्टेशनति गाडी लैजाने क्रममा ती महिलाले दुब्यबहार सुरु गरेको खडेकाले बताएका छन् । भिडियोमा गाडीमा चढेकी महिलाले खड्कामाथि खोकेको देख्न सकिन्छ ।

ती महिलाले हातबाट फोन खोस्नुका साथै चालकको मास्क समेत च्यातेको भिडियोमा देखिएको छ । गाडीमा चढेका अन्य महिलाले चालकमाथि अपशब्द बोल्नुका साथै दुब्र्यबहार गरेको भिडियोमा देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com