माओवादी स्थायी कमिटी : अन्य दलसँग छलफल गर्ने जिम्मा प्रचण्ड र श्रेष्ठलाई, सरकारबाट समर्थन फिर्ता लिने निर्णय भएन


प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकार गठनका लागि अन्य दलसँग छलफल गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले अन्य दलसँग छलफल गर्ने जिम्मा प्रचण्ड र श्रेष्ठलाई दिने निर्णय गरेको हो।

माओवादी केन्द्रले नयाँ सरकार बनाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) को साथ खोजिरहेको छ। अध्यक्ष प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेताहरुसँग छलफल गरेका थिए।

माओवादीले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारबाट समर्थन लिने निर्णय भने गरेको छैन। प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारबाट तत्काल समर्थन फिर्ता लिने निर्णय नभएको बताए। उनले नयाँ सरकार बनाउने विषयमा नेपाली कांग्रेस र जसपासँग छलफल भइरहेको बताए।

बुधबारको स्थायी कमिटी बैठकमा सरकार गठनबारे नेपाली कांग्रेस र जसपासँग भएको वार्ताबारे अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकले पार्टीको संगठनात्मक स्थितिलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन गिरिराजमणि पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा र वर्षमान पुनसम्मिलित चार सदस्यीय कार्यदल गठन गरेको छ। यसैगरी चैत १ गते केन्द्रीय कमिटी बैठक र २ गते प्रशिक्षणात्मक भेला बोलाउने निर्णय बुधबारको बैठकले गरेको छ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com