कन्सुलर प्रमुख माइक मुसीले नेपालमा रहेका अमेरिकी नागरिकसँग अन्तरकृया गर्ने


प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहीबार

अमेरिकी दूतावास काठमाडौंका कन्सुलर प्रमुख माइक मुसीले नेपालमा रहेका अमेरिकी नागरिकसँग अन्तरकृया गर्ने भएका छन् । त्यसका लागि आगामी फेब्रुअरी २४ बुधबार भर्चुअल टाउन हलको आयोजना गरिएको छ ।

दिउसो २ बजेदेखि ३ बजेसम्म हुने कार्यक्रममा सहभागिताका लागि नेपालमा रहेका सबै अमेरिकन नागरिकहरुलाई निम्ता दिइएको छ । कार्यक्रममा सहभागी हुनका लागि अग्रिम दर्ता आवश्यक रहेको र फेब्रुअरी २३ मंगलबारसम्म अग्रिम दर्ता गर्न सकिने जनाइएको छ ।

बाइडेन प्रशासनको विदेश नीतिका सन्दर्भमा दूतावासका डेपुटी राजनीतिक तथा आर्थिक प्रमुख मार्क टेम्प्लरले बोल्ने भएका छन् भने कन्सुलर प्रमुख माइक मुसीले स्वागत मन्तब्य दिनेछन् । कार्यक्रममा प्रश्नोत्तर सेसन समेत राखिएको छ ।

कार्यक्रममा सहभागी हुनका लागि नेपालमा रहेका अमेरिकी नागरिक र उनीहरुका दम्पत्ति वा छोराछोरीका लागि दर्ता खुला गरिएको दूतावासले जनाएको छ । सहभागी हुने योजना बनाएकाहरुले पूरा नाम, पासपोर्ट नम्बर र कार्यक्रममा उपस्थीत हुने परिवारका सदस्यहरुको नामसहित दूतावासको इमेल ठेगाना consktm(at)state.gov मा इमेल पठाउन सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि सहभागीले लगइन कोड र कार्यक्रमका बारेमा थप जानकारी प्राप्त गर्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि दूतावासले नेपालमा बसोबास गरिरहेका वा भ्रमणमा रहेका अमेरिकी नागरिकहरुलाई सुचित गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com