वार्षिकोत्सबको पुर्वसन्ध्यामा लुम्बिनी वाणिज्य क्याम्पसमा रक्तदान


प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार

रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ मा स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । क्याम्पसको आयोजना र युवा रेडक्रस सर्कल लुम्बिनि वाणिज्य क्याम्पसको सहकार्यमा क्याम्पसको ४० औं वार्षिकोत्सबको अवसरपारी रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

सो अवसरमा क्याम्पसका प्रमुख ताराप्रसाद उपाध्यायले विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै र रगतको कमि नहोस् भन्ने हेतुका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

यस्तै कार्यक्रमका संयोजक पुष्कर भुसालले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धन्यवाद दिए। कार्यक्रमको संचालन युवा रेडक्रस सर्कल लुम्बिनी बाणिज्य क्याम्पसका अध्यक्ष अध्यक्ष अशोक गौतमले गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com