आगामी जुलाईसम्ममा अधिकांश अमेरिकीलाई खोप दिने तयारी


प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड डोज खोपको व्यवस्था गर्न लागेको जानकारी दिएका छन् ।

अमेरिकामा अब खोपहरु औषधि पसल र सुपरमार्केटका फार्मेसी पसलमा पनि उपलब्ध गराइने योजना अगाडि बढेको छ । बाइडेन प्रशासनले मोडर्नाबाट एक करोड तथा फाइजर कम्पनीबाट एक करोड डोज खोप किन्ने सम्झौता गरेको छ ।

युरोपेली मुलुकमा कोभिड–१९ का संक्रमितको संख्यामा केही कमी आइरहे पनि विश्वका अन्य स्थानमा कोरोनाभाइरसको प्रभाव अझै बाँकी रहेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जनाएको छ । डब्लुएचओका युरोप निर्देशक हान्स क्लजले कोरोनाभाइरसको संक्रमणमा कमी आएको देखिए पनि समुदायस्तरमा नयाँ स्वरुपमा कोरोना फैलिएको हुन सक्नेतर्फ सचेत रहनु पर्नेमा जोड दिएका छन् ।

युरोपेली मुलुकहरुमा अझै पनि हरेक साता पाँच लाखको हाराहारीमा नयाँ संक्रमित फेला परिरहेका छन् । खोप खरिदको पछिल्लो विश्लेषणमा संयुक्तराज्य अमेरिका नै अग्र स्थानमा रहेको छ । यहाँ कोरोना संक्रमणबाट चार लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अमेरिकामा सबै योग्य व्यक्तिलाई जुलाईको अन्त्यसम्ममा खोप दिन पुग्नेगरी पर्याप्त खोपको व्यवस्था गर्न लागिएको बाइडेन प्रशासनले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एएफपीको गणना अनुसार विश्वभर कम्तीमा ९१ मुलुकका १५ करोड ५७ लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइसकेका छन् । तर सीमित आपूर्तिका कारण खोप अभियानमा असर परेको छ । –एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com