अमेरिकामा विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको आवेदन खुला, नेपाली योग्य


प्रकाशित मिति : माघ १९, २०७७ सोमबार

अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा गरेकोमा आजदेखि आवेदन खुला भएको छ । कम आम्दानी भएका विद्यार्थीहरुलाई सहयोगका लागि स्कलरसिपको घोषणा गरिएको हो ।

सकारात्मक सामाजिक परिवर्तनका लागि समुदायमा सकृय रहेकाहरुलाई प्राथमिकता दिइने र उक्त छात्रबृत्तिका लागि नेपाली लगायत, इन्डिया, बंगालादेश, भुटान, श्रीलंका र पाकिस्तानका अमेरिकामा अध्ययनरत विद्यार्थीहरु पनि योग्य हुने जनाइएको छ । छात्रबृत्तिको अभावका कारण अमेरिकामा डिग्री हासिल गर्नमा समस्या भोगिरहेका विद्यार्थीहरुलाई सहयोग गर्न यो कार्यक्रम ल्याइएको हो ।

आवेदन दिनका लागि यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको, कम्तीमा ३ दशमलव ५ जीपीए भएको, आर्थिक सहयता आवश्यकता भएको देखाउसक्ने, सामाजिक विषयहरुप्रति लक्ष्यित संस्थामा सकृय रहेको, नेपाली लगायत, इन्डिया, बंगालादेश, भुटान, श्रीलंका र पाकिस्तानका विद्यार्थीले आवेदन दिनसक्नेछन् । आवेदन अप्रिल १५ सम्म आवेदन दिन सकिने जनाइएको छ ।

त्यसपछि मे १५ मा टप ५ आवेदनहरु छनौट गरिने र युनिभर्सिटीको ट्रान्सक्रिप्टका साथमा दुईवटा सिफारिसपत्र समेत पेश गर्नुपर्ने जनाइएको छ । स्वतन्त्र छनौट समितिले आवेदनहरु हेरेर जुलाई १५ मा स्कलरसिप पाउने व्यक्तिको नाम घोषणा गरिने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com