बाइडेनले आज जारी गर्ने भनिएका इमिग्रेशनबारेका कार्यकारी आदेश केही दिनका लागि स्थगित


प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार

बाइडेनले आज जारी गर्ने भनिएका भएका केही कार्यकारी आदेशहरु केही दिन पछाडि सारिएका छन् । यसअगाडि ह्वाइट हाउसले अध्यागमनबारे कार्यकारी आदेशका लागि शुक्रबारको दिन छुट्याएको बताएको थियो । तर आज ती कार्यकारी आदेश जारी नगरी केही दिन पछाडिका लागि सारिएको छ । कार्यकारी आदेश पछाडि सार्नुको कारणबारे भने ह्वाइटहाउसले केही बताएको छैन ।

बाइडेनले ट्रम्प कार्यकालको एसाइलम नीति उल्टाउनेदेखि परिवारको पुनर्मिलनसम्मका कार्यकारी आदेश जारी गर्ने तयारी गरेका छन् ।त्यस्तै शरणार्थी कार्यक्रममा बृद्धि, पब्लिक चार्जको नियम रद्द, परिवारको पुनर्मिलन, मार्च ३१ सम्मको आप्रवासन रोक खारेज लगायतका कार्यकारी आदेश जारी गर्ने बाइडेनको तयारी छ । यी आदेशहरु कहिले जारी गर्नेछन् भन्नेबारे केही स्पष्ट छैन ।

शरणार्थी कार्यक्रममा बृद्धि

बाइडेनले अमेरिकामा ठूलो संख्यामा शरणार्थी स्वीकार गर्नेगरी कार्यकारी आदेशमार्फत लक्ष्य तय गर्ने जनाइएको छ । ट्रम्पले आर्थिक बर्ष २०२१ का लागि शरणार्थीको कोटा अधिकतम १५ हजार कायम गरेकोमा बाइडेनले यसबारे कार्यकारी आदेश जारी गर्ने तयारी गरेका छन् । बाइडेनले चुनावी अभियानका क्रममा शरणार्थीको कोटा बार्षिक १ लाख २५ हजारसम्म बनाउने प्रतिबद्धता जनाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले शरणार्थी कार्यक्रममा कसरी बृद्धि गर्नेछन् भन्नेबारे केही बताइएको छैन । ह्वाइट हाउसका अधिकारीले कार्यकारी आदेशमार्फत शरणार्थी स्वीकार कार्यक्रम पुनस्थापना गरिने र शरणार्थीको संरक्षणमा अमेरिकाका ऐतिहासिक नेतृत्वदायी भूमिकालाई कायम गरिने बताएका छन् ।

पब्लिक चार्जको नियम रद्द

बाइडेनले कार्यकारी आदेशमार्फत विवादास्पद पब्लिक चार्जको नियम रद्द गर्ने योजना बनाएका छन् । सरकारी सुविधा लिएका, लिने सम्भावना भएका र कम आम्दानी भएकाहरुलाई ग्रिनकार्ड प्राप्त गर्न मुस्किल बनाउने यो नियम ट्रम्पले गतबर्षदेखि लागु गरेका थिए । विभिन्न कानूनी लडाई पार गरेर यो नियम कार्यान्वयनमा रहेको छ ।

सरकारबाट मेडिकेड, फुड स्ट्याम्प र आवासीय सुविधा लिएकाहरुलाई ग्रिनकार्ड पाउनमा कठिन बनाउने यो नियम आफ्नो खुट्टामा उभिन नसक्नेहरुका लागि अमेरिकी सपनामा तगारो बनेको छ । आवेदक भविश्यमा पब्लिक चार्ज हुने नहुने निर्धारण गर्न युएससीआईएसका अधिकारीले ८ वटा मुख्य मापदण्डहरुको प्रयोग गर्छन् ।

युएससीआईएसका अनुशार बेरोजगारी विमाबाट आउने रकमलाई पब्लिक चार्जमा गणना गरिदैन । युएससीआईएसले पब्लिक चार्जबारेको फेडरल रजिस्टरमा प्रकाशित अन्तिम नियममा यसबारे प्रस्टसँग बताएको छ । सुचनाको पृष्ठ ४१३९० मा युससीआईएसले बेरोजगारी विमाको रकम पब्लिक चार्जमा गणना नहुने स्पष्ट पारेको छ ।

परिवारको पुनर्मिलन

बाइडेनले कार्यकारी आदेशमार्फत ट्रम्प कार्यकालमा विछोडिएका परिवारको पुनर्मिलनका लागि टास्क फोर्सको व्यवस्था गर्ने जनाइएको छ । ट्रम्पको शुन्य शहनशीलता नीतिका कारण सिमाक्षेत्रमा कैयन परिवारहरु विछोडिन पुगेका छन् ।

मार्च ३१ सम्मको आप्रवासन रोक खारेज

बाइडेनले मार्च ३१ सम्म डिभी लोटरी लगायतका विभिन्न आप्रवासी र कामदार भिसामा लगाएको रोक कार्यकारी आदेशमार्फत खारेज गर्ने भएका छन् । महामारीका कारण उत्पन्न आर्थिक मन्दीमा अमेरिकी कामदारलाई संरक्षण प्रदान गर्न भन्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च ३१ सम्मका लागि विभिन्न प्रकारका आप्रवासी भिसा र कामदार भिसामा रोक लगाएका थिए ।

बाइडेनले उक्त आप्रवासन रोकलाई खारेज गर्न कार्यकारी आदेश जारी गर्ने ह्वाइटहाउसका अधिकारी इस्थर ओलाभारियाले मेयरहरुसँगको एउटा भर्चुअल बैठकमा बाताएका हुन् । तर त्यस्तो कार्यकारी आदेश कहिले जारी गर्नेभन्नेबारे केही खुलाइएको छैन । इस्थर ओलाभारिया राष्ट्रपति बाइडेनका एकजना उच्च अध्यागमन सल्लाहकार हुन् भने ह्वाइट हाउसका घरेलु नीति काउन्सिलका डेपुटी डाइरेक्टर समेत हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com