राष्ट्रपति भण्डारी फिर्ता, विमानस्थलमा भब्य स्वागत (फोटो फिचर)


प्रकाशित मिति : जेष्ठ ३, २०७४ बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहाँ गत वैशाख २९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिको भ्रमणबारे जानकारी गराउँदै सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न थप मद्धत मिलेको बताउनुभयो । “निकै लामो समयको अन्तरालमा नेपालको राष्ट्र प्रमुखबाट भएको यस भ्रमणलाई श्रीलङ्का सरकारले उच्च सम्मान व्यक्त गरेको महसुस गरेका छौँ”– उहाँले भन्नुभयो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले श्रीलङ्काली समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा समेत गर्नुभएको राष्ट्रपतिको भ्रमण दलमा सहभागी मन्त्री बुढाथोकीले जानकारी दिनुभयो । नेपाल र श्रीलङ्काबीच दौंत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठका अवसरमा श्रीलङ्काली समकक्षीले यही वर्ष नेपाल भ्रमण गर्ने श्रीलङ्काली पक्षले जनाएको छ । श्रीलङ्काली राष्ट्रपति सिरिसेनाले सम्भवतः आउँदो असोजमा नेपाल भ्रमण गर्ने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, मन्त्रीगणलगायत नेपाल सरकारका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो । बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति भण्डारीले सहभागिता जनाउनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।


श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।


श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन ।

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गर्दै ।


श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै सभामुख ओनसरी घर्ती ।


श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै परराष्ट्रमन्त्री प्रकाशशरण महत ।

राष्ट्रपतिको भ्रमणदलमा सहभागी सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्र प्रमुखबाट भएको यस भ्रमणका बारेमा जानकारी दिनुहुँदै ।

तस्बिर : रोशन सापकोटा, रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com