न्युयोर्कमा आइतबारदेखि बेरोजगारी विमामा नयाँ नियम, पार्ट टाइम काम गर्नेलाई फाइदा


प्रकाशित मिति : माघ ७, २०७७ बुधबार

अब न्युयोर्कमा दिनको आधारमा नभई घण्टाको आधारमा बेरोजगारी विमा रकम निर्धारण गरिने भएको छ । अहिलेसम्म पूर्ण वा आशिंक रुपमा बेरोजगारी विमा रकमका लागि योग्य हुनका लागि साप्ताहिक ५ सय ४ डलरभन्दा कम आम्दानी भएको र ४ दिनभन्दा कम काम गरेको हुनुपर्छ ।

आगामी आइतबारदेखि भने दिनका आधारमा नभई घण्टाका आधारमा पूर्ण वा आंशिक रुपमा बेरोजगारी विमा रकमको निर्धारण गरिने भएको छ । अहिलेसम्म ४ दिन वा त्यो भन्दा बढी काम गरेकाहरु बेरोजगारी विमा रकमका लागि अयोग्य हुँदै आएका छन् । तर अब ३१ घण्टाभन्दा बढी काम गरेकाहरु अयोग्य हुने भएका छन् । सातामा ३१ घण्टाभन्दा कम अवधि काम गरेकाहरु सातै दिन काम गरेको भएतापनि आंशिक बिमा रकमका लागि योग्य हुनेछन् ।

उदाहरणका लागि अहिलेसम्मको प्रावधान अनुशार यदि कोही व्यक्तिले दिनमा ५ घण्टामात्र काम गरेको छ तर ४ दिन वा त्यो भन्दा धेरै काम गरेको छ भने त्यस्तो व्यक्ति हप्तामा २० घण्टामात्र काम गरेको भएपनि पूर्ण वा आशिंक रुपमा बेरोजगारी विमा रकमका लागि अयोग्य रहदै आएको थियो । तर अब घण्टाका आधारमा निर्धारण गरिनेछ । जस अन्तरगत २० घण्टा काम गरेको व्यक्तिले साप्ताहिक प्रमाणिकरण गर्दा जति दिन काम गरेको भएतापनि २ दिन उल्लेख गर्नुपर्छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

नयाँ प्रावधान अनुशार हप्तामा ४ घण्टाभन्दा कम काम गरेको व्यक्ति पूर्णरुपमा बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायता लिन योग्य हुनेछ । ५ देखि १० घण्टासम्म काम गरेको व्यक्ति ७५ प्रतिशत, ११ देखि २० घण्टा काम गरेको व्यक्ति ५० प्रतिशत, २१ देखि ३० घण्टा काम गरेको व्यक्ति २५ प्रतिशत बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायता लिन योग्य हुनेछ ।

तर कोही व्यक्तिले हप्तामा ४ घण्टाभन्दा कम काम गरेको छ भने शुन्य दिन रिपोर्ट गर्नुपर्छ । ५ देखि १० घण्टा काम गरेको छ भने जति दिन काम गरेको भएतापनि एकदिन रिपोर्ट गर्नुपर्छ । ११ देखि २० घण्टा काम गरेको छ भने जति दिन काम गरेको भएतापनि २ दिन रिपोर्ट गर्नुपर्छ । २१ देखि ३० घण्टा काम गरेको छ भने जति दिन काम गरेको भएतापनि ३ दिन रिपोर्ट गर्नुपर्छ भने ३१ घण्टाभन्दा माथि काम गरेको व्यक्तिले ४ दिन रिपोर्ट गर्नुपर्छ ।

नयाँ नियम जनवरी १८ बाट सुरु भएको र जनवरी २४ मा समाप्त हुने हप्ताबाट लागु हुनेछ । गभर्नर एन्ड्रयु कुमोको निर्देशन अनुशार नयाँ नियम लागु गरिएको हो । नयाँ नियम अनुशार हप्तामा ३० घण्टामात्र काम गरेका र ५०४ डलरभन्दा कम आम्दानी गरेकाहरु पनि दिनको आधारमा नभई घण्टाको आधारमा आशिंक बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायता लिन योग्य हुनेछन् ।

दैनिक कम घण्टा तर धेरै दिन पार्ट टाइममात्र काम गरेकाहरुलाई नयाँ नियमले फाइदा पुग्नेछ ।

दिनमा काम गरेका घण्टाहरु जोड्दा अधिकतम १० घण्टासम्ममात्र जोड्नुपर्छ । त्यो भन्दा बढी काम गरेको भएतापनि १० घण्टा नै जोड्न सुझाव दिइएको छ । उदाहरणका लागि तपाईले ३ दिन काम गर्नुभएको छ तर ३६ घण्टा काम गर्नुभएको छ भने ३० घण्टामात्र जोड्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com