राष्ट्रिय सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने भएपनि प्रधानमन्त्री केही शर्मा ओलीले आज आकस्मिक बैठक डाकेका थिए ।
यस्तै, प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन् । प्रतिनिधिसभा विघटनपछि पुस १७ गतेबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू भएको थियो ।
माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने
सरकारले माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।