नेकपा बहुमत पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्रीलाई संविधान पुस्तक र विरोधपत्र पठाएको छ । दोस्रो चरणको आन्दोलनअन्तर्गत शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको बहुमत पक्षको काठमाडौं कमिटीले प्रधानमन्त्रीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो । बहुमत पक्षले आज मुलुकका ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई विरोधपत्र पठाउँदै छ ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले असंवैधानिक कदमका साथ प्रतिनिधि सभा भंग गर्दै आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि हाल नेकपा विभाजन भएको छ । प्रचण्ड–नेपालको बहुमत पक्ष हाल आन्दोलनरत छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।