नेकपा बहुमत पक्षले प्रधानमन्त्रीलाई पठायो संविधान र विरोधपत्र


प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार

नेकपा बहुमत पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्रीलाई संविधान पुस्तक र विरोधपत्र पठाएको छ । दोस्रो चरणको आन्दोलनअन्तर्गत शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको बहुमत पक्षको काठमाडौं कमिटीले प्रधानमन्त्रीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो । बहुमत पक्षले आज मुलुकका ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई विरोधपत्र पठाउँदै छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले असंवैधानिक कदमका साथ प्रतिनिधि सभा भंग गर्दै आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि हाल नेकपा विभाजन भएको छ । प्रचण्ड–नेपालको बहुमत पक्ष हाल आन्दोलनरत छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com