सिड्नीमा दोस्रो वारियर्स तेक्वान्दो च्याम्पियनसिप, विनोद पौडेललाई मानार्थ ‘ब्ल्याक बेल्ट’


प्रकाशित मिति : पुस १२, २०७७ आईतबार

सिड्नीमा दोस्रो वारीयर्स तेक्वान्दो च्याम्पियनसिप सम्पन्न भएको छ । आइतवार वरिवर तेक्वान्दो र युनाइटेड तेक्वान्दो फेड्रेसन (युटीएफ) द्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा ७० जना सहभागि मध्ये ४० जनाले मेडल पाएका छन् ।

वरिवर तेक्वान्दोका निर्देशक प्रकाश क्षेत्रीका अनुसार अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई खेलकुदप्रति आकर्षित गर्नका लागि प्रतियोगिता आयोजना गरिएको हो । यस अघि मार्च २८ को मिति तोकिएको भएपनि कोरोनाभाइरस महामारीको कारण २७ गते आइतवार सम्पन्न गरिएको हो । कम्युनिटी अवार्ड सहित ४० जनाले प्रतियोगिताबाट ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दुई जना बच्चाहरुलाई फिटेस्ट पदक दिइएको छ।

प्रतियोगितामा सिड्नी मात्र नभएर न्यू साउथ वेल्स बाहिरका खेलाडीहरु पनि सहभागि भए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त कार्यक्रममा तेक्वान्दो खेल सँग बाल्यकालदेखी कै पुरानो सम्बन्ध बोकेका युवा उत्प्रेरक विनोद पौडेललाई खेलकुद बिकासमा उनको योगदान तथा पुरानो खेलाडी भएका नाताले मानर्थ ब्ल्याक बेल्ट बाट सामान गरिएको हो । पौडेल लामो समयदेखी अष्ट्रेलियाको नेपाली समुदायमा सकृय तथा नाम हो ।

पौडेललाई ग्र्यान्ड मास्टर विलाल इलमोई तथा मास्टर प्रकाश केसीले उक्त प्रमाण पत्र तथा तेक्वान्दो युनिफर्म सहित् ब्ल्याक बेल्ट पहिराईदिएर सम्मान गरेका थिए ।

हरेक बर्ष उक्त प्रतियोगीता आयोजना गर्दै आइएको छ । कोभिड १९ को नियन्त्रण गर्न सरकारले तोकेका पर्याप्त सुरक्षा मापदण्ड प्रयोग गरी पेन्चसको वल्ड्स पार्कमा गरिएको कार्यक्रममा एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स संयोजक देव गुरुङ, वरिवर तेक्वान्दो बोर्ड सदस्य विलाल इलमोई लगायतको उपस्थिती रहेको थियो ।

आइतवारको प्रतियोगीतामा सहभागि भएका खेलाडीहरु अधिकाशं क्षेत्री आफैले तालिम दिएका थिए । तेक्वान्दो प्रतियोगीतामा नेपालीहरुको आकर्षाण बढाउन क्षेत्री लामो समयदेखि प्रयासरत छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com