ओली समूहको केन्द्रीय कमिटीमा नबस्ने राईको घोषणा


प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार

प्रदेश १ की सांसद उषाकला राई प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेकी छिन् । राईले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् केन्द्रीय कमिटी सदस्य फिर्ता गरेको जानकारी दिएकी हुन् ।

‘मेरो सार्बजनिक सूचना ! यो कम्युनिस्ट आनदोलनमा म लागेको पनि चार दशक भएको छ तर पद र पैसा केहि होईन जनताको दुई पैसा खाईन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छदैछ। सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रस्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाई रहेका थियौं ।’, उनले भनेकी छिन्, ‘तर आज त्यो अलपत्र परेको छ। यो बिचको बिकशित राजनितिक परिघट्नामा संम्माननीय प्रधानमन्त्री केपि कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदय बाट कृतग्य जाहेर गर्दछु । तर मेरा ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महशुस भएको छ त्यसकारण बिनम्रताका साथ उक्त केन्द्रिय कमिटी सदश्य म नरहेको सबैमा अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीले मंगलबार ५५६ जना केन्द्रीय सदस्य थपेका थिए । केन्द्रीय सदस्य बनाएका अरु केही नेताहरुले पनि अस्वीकारको घोषणा गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com