नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको भेला बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको छ ।
साथै, अहिले सांसदहरु भेला हुने क्रम पनि जारी छ। त्यहाँ पुगिसकेकाहरुमध्ये प्रतिनिधि सभातर्फका सांसदहरु एक लाइनमा र राष्ट्रिय सभाका सांसदहरु अर्को लाइनमा लागेर उपस्थितिमा हस्ताक्षर गरिरहेका छन्।
सरकारले संसद विघटन गरेको भोलिपल्ट संसद बैठकस्थलमा भेला भएका उनीहरुले संसद विघटनका विरोधमा हस्ताक्षर संकलन सुरु गरेका हुन् । भेलामा प्रचण्ड, नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।