बालबालिका आफैँ बालबालिकाका समस्या समाधान गर्दै


प्रकाशित मिति : पुस ६, २०७७ सोमबार

कैलालीको टीकापुरकी १५ वर्षीया एक किशोरीलाई विद्यालय आउन मन पटक्कै लाग्दैनथ्यो । नौ कक्षामा अध्ययनरत उनका मनमा अनेक कुरा खेल्थे ।

किशोरीले आफैँलाई पढाउने शिक्षकलाई मन पराउने रहिछन् । आफैँलाई पढाउने शिक्षकलाई नराम्रो दृष्टिले मन पराउनु गलत हो भन्ने थाहा भए पनि उनका मनमा गलत विचार आउन थाले । मनमै कुरा खेलाउँदा उनको पढाइ बिग्रदैँ गयो । पछि उनी विद्यालय आउनै छोडिन् ।

वडामा गठन भएको बाल क्लबका सदस्य किशोरीले विद्यालय आउन छोडेको जानकारी पाएपछि उनको घर गए । किशोरीलाई परिवारका सदस्यले गाली मात्र गर्ने गरेका रहेछन् । बाल क्लबका किशोरकिशोरीले उनलाई एक्लै राखेर लामो छलफल गरेपछि उनले कुरा खोलिन् ।

हरियाली बाल क्लबका अध्यक्ष कबिर विक क्लबमा किशोरकिशोरीका समस्या र समाधानका उपायबारे छलफल गर्ने गरेको बताउछन् । “हाम्रो समाजमा अझै बालबालिकाको मञ्जुरी बिना बालविवाह हुन्छ । यसको हामी विरोध गर्छौँ”, अध्यक्ष विक भन्छन्, “महिनामा दुई/तीन पटक हामी बस्छौँ, छलफल गर्छौँ । हामी यौन तथा प्रजनन शिक्षाका कुरामा समेत छलफल गर्छौँ ।” छोरीहरुलाई घरको काम धेरै हुँदा बैठकमा समेत आउन नपाएका बताउँदै विक भन्छन्, “छोराहरु विद्यालयपछिको समय फुर्सदमा हुन्छन्, छोरीहरु घरको कामबाट फुर्सद पाउँदैनन्, समान व्यवहारका लागि हामीले अभिभावकसँग पनि छलफल गर्न थालेका छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाल क्लबका पदाधिकारीले बालबालिकासम्बन्धी भइरहेका घटना न्यूनीकरणका लागि छलफल गर्ने र विद्यालय छाड्नेलाई विद्यालयसम्म ल्याउने काम गर्छन् । उनीहरुले लैङ्गिक हिंसा, बालअधिकार, समस्यामा परेकालाई सहजीकरण गर्छन् । छोराछोरीमाथि विभेद, छोरीलाई संस्कारको बन्धनलगायतका विषयमा किशोरकिशोरीले बैठकमा विचार साटासाट गर्छन् ।

टीकापुर–४ बाघमारा दीपशिखा बाल क्लबका अध्यक्ष तथा टीकापुर नगरपालिकास्तरीय बाल संरक्षण समितिका सदस्य अप्सा चौधरी क्लबले लकडाउनका समयमा बालविवाहविरुद्ध जनचेतना फैलाउने काम गरेको बताउछन् । “लकडाउनपछि विद्यालय बन्द हुँदा बालविवाह बढ्नसक्छ भनी समुदायमा गएर छलफल चलायौँ”, अप्साले भने, “समुदायमा बालबालिकासम्बन्धी भएका घटना र किशोरावस्थामा आवश्यक पौष्टिक आहाराका बारेमा समेत छलफल गरेका छौँ ।”

दीपशिखाका कोषाध्यक्ष सविन चौधरी बाल क्लबमा आबद्ध भएपछि उनको आनीबानी परिवर्तन भएको छ । विगतमा परिवारको अटेरी बच्चाका रूपमा रहेका सविन आजभोलि गाउँमा अभियानकर्मी बनेका छन् । “म घरबाहिर बढी डुल्थेँ, अटेरी थिएँ । घरमा भनेको मान्दिनथेँ । आजभोलि राम्रो पढ्छु”, सविन भन्छन्, “घरमा ज्ञानी भएको छु । अरुलाई समेत सिकाउँछु । लकडाउनका बेला हामीले समुदायमा कोरोना भाइरस सङ्क्रमणबारे जनचेतना जगाउने काम गर्यौँ ।”

बाल क्लबका पदाधिकारीले स्थानीयस्तरमा हुने विकासका कार्यमा बालबालिका सहभागी गराउनुपर्ने माग गर्न थालेका छन् । स्थानीय तहले छनोट गर्ने योजना बालमैत्री हुनुपर्ने उनीहरुको माग छ । कैलालीको टीकापुरमा रहेको बाल कल्याण सङ्घले बाल क्लब गठन गरेर बालबालिकालाई सचेत बनाउने र सामाजिक कार्यमा सक्रिय बनाउने काम गरिरहेको छ । बालबालिकालाई भेद्भाव, शोषण, दुव्र्यवहार, अपहेलना, यौन शोषणजस्ता कार्यबारे सचेत गराउन सङ्घले नगरपालिकाभित्र १७ वटा बाल क्लब गठन गरेको छ । क्लबका पदाधिकारीलाई शुरुमा तालीम दिएर हाल उनीहरुले समुदायमा तालीम दिन थालेका छन् ।

बाल कल्याण सङ्घका निरीक्षक द्रोपती तिमिल्सिनाले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुलाई गलत बाटोमा लाग्न नदिन क्लबमार्फत जिम्मेवार बनाउन थालेको बताए । “बालबालिकाई सही मार्गमा हिँडाउन सबैको महत्वपूर्ण भूमिका हुनुपर्छ”, तिमिल्सिना भन्छन्, “बालबालिकालाई किशोरावस्थामा जिम्मेवार बनाउन सके समाज सुन्दर हुन्छ । उनीहरु समाज विकासमा लागे भविष्य सुन्दर हुन्छ ।”

बाल अधिकारबारे बालबालिका सचेत बनाउन सरकारले पनि बालबालिकाई नेतृत्वमा ल्याउने प्रयास थालेको छ । सरकारले हरेक स्थानीय तहमा बाल संरक्षण समिति गठन गरेर उनीहरुलाई सामाजिक जिम्मेवारी दिएको छ । “बालबालिका स्थानीय सरकारका सबैखाले अभियानमा सहयोगी बनेका छन्”, टीकापुर नगरपालिका–१ का वडाध्यक्ष गङ्गाराम आचार्यले भने, “बालबालिकाका समस्या र आवश्यकता उनीहरुलाई नै थाहा हुने भएकाले उनीहरुलाई सचेत गराउन सरकार सहयोगी भएको छ ।”

वडाध्यक्ष आचार्य बालबालिकालाई बाल संरक्षणसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रावधान, महासन्धि र त्यसले प्रत्याभूत गरेका विषयबारे सचेत बनाउने कार्य स्थानीयस्तरमा शुरु गरिएको बताउछन् । “बालबालिका सचेत भएमात्र समाजले राम्रो उत्पादन पाउने भएकाले हामी जिम्मेवार बनेका छौँ”, वडाध्यक्ष आचार्य भन्छन्, “हरेक अभिभावकले बालबालिकालाई गलत सङ्गतमा लाग्नबाट जोगाउन सचेत बन्न जरुरी छ ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com