उखु किसानको पैसा नतिर्ने उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय


प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार

सरकारले उखुको पैसा नतिर्ने चिनी उद्योगीहरुलाई कारबाही गर्न कडा कदम चालेको छ । मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो । बैठकमा संघिय मामला, कृषि र उद्योग मन्त्री पनि सहभागी भएका थिए ।

सर्लाहीका उखु किसानले आइतबारबाट माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् । गत वर्षको पुस १८ गते सरकार र उखु किसानबीच भएको ५ बुँदे सहमति कार्यन्वयन नभएपछि उनीहरु पुनः काठमाडौं आएका हुन् । उनीहरुका अनुसार चिनी उद्योगले झण्डै ९० करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । आज पनि माइतीघरमा भुक्तानी बाँकी भएको रसिद र अन्य कागजपत्र सहित किसानले धर्ना दिइरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com