मोबाईलमा ब्याट्री टिक्दैन ? यसो गर्नुहोस


प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार

– कमल धिताल

मोबाईल हाम्रो दैनिक जिबनको अभिन्न अङ्ग भैसकेको छ । मोबाईलले गर्दा हाम्रो जिवन यापन सहज भएको छ तर यही मोबाईलमा ब्याट्री न टिक्दा हामी समय समयमा अप्ठेरो पर्ने गर्छ । आउनुहोस आफ्नो मोबाईलमा ब्याट्री चाडैँ किन सकिन्छ र यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने जानकारी लिउँ ।

मोबाईलमा ब्याट्री सकिने बिभिन्न कारण हुन सक्छ । सधै चलिरहने अप्प्लिकेसनहरु जस्ले धेरै ब्याट्री खर्च गर्छ जस्तै हामी सबैको फेसबुक एप्स प्राय अटो स्टार्टमा हुन्छ । जस्ले तपाईंको फोनको ब्याट्री खपत गरिरहेको हुन्छ । यस्ता धेरै एप्स हुन्छ जुनले गर्दा तपाईंको फोनको ब्याट्री चाडैँ सकिन्छ ।

यसलाई तपाईं आफ्नो फोनको सेटिङ्गमा गएर कुन एप्सले कती ब्याट्री खर्च गरेको छ सो को जानकारी प्राप्त गर्न सक्नु हुन्छ ।

ब्याट्री लामो समय सम्म टिकाउन के गर्न सकिन्छ ?

१.फोनलाई लामो समय सुरक्षितसंग प्रयोग गर्नका लागि सधै फोन को चार्ज १०-२०% हुँदा चार्जमा राख्ने गर्नु पर्छ अनि ९०% भएपछि मात्र निकालेर पुन: प्रयोग गर्नु पर्छ जसले फोनको ब्याट्रीलाई सुरक्षित राख्नुका साथै लामो समयसम्म टिकाउ बनाउछ। फोनलाई कहिले पनि ८५ वा ९० % भन्दा बढी चार्ज गर्नु हुँदैन ।

 २. लामो समयसम्म फोनलाई चार्जमा राखी रहनु हुँदैन, जसले ब्याट्रीको क्षमता घटाई फोन तात्ने र ह्याङ्ग हुने जस्ता समस्याहरु निम्त्याउछन्, त्यसैले फोनलाई सधै फुल चार्ज गरिसकेपछि निकेलेर प्रयोग गर्नुपर्छ र फोनको चार्ज सकेसम्म ४०-८०% को बिचमा राख्नु पर्छ।

३. क्लाउड स्टोरेजको बानीले पनि तपाइको फोनलाई छिटो र छरितो बनाउने गर्छ। क्लाउड स्टोरेज मतलब तपाइको डाटा फोनमा नराखेर गुगलको डाटा स्टोरेजमा लगेर राख्ने जसले फोनको स्पेस बढाउनुका साथै छिटो र छरितो रुपमा डाटा ब्याकअप पनि गर्ने गर्छ जसले गर्दा तपाईंको फोन छिटो र छरितो हुने गर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

४. फोनमा सँधै स्वचालित ब्राइटनेसको विकल्प राख्नुहोस्। यसले स्वचालित रूपमा बाह्य प्रकाशको हिसाबले स्क्रीनको चमक कम गर्दछ। यसले ब्याट्री मात्र बचत गर्दैन तपाईंको आँखा पनि सुरक्षित राख्दछ।

 

५. फोनको थिमलाई डार्क मोडमा राख्नुहोस् । धेरै फोनले आजकल डार्कमोड प्रदान गर्दछ । अमोलेड डिस्प्लेको साथ, डार्क मोडमा ब्याट्रीको खपत धेरै कम हुने हुँदा यसले तपाईंको फोनमा ब्याट्री टिकाउन सहयोग गर्छ । तर माथिका विकल्प आईपीएस वा एलसीडी स्क्रीन भएका मोबाईलमा लाभदायक छैनन्।

 

६. फोनको सेटिंग्समा गएर सबै एप्सहरूके ब्याट्री अप्टिमाइजेसन अन गर्नुहोस । अत्यावसेक बाहेक सबै एप्स अप्टिमाइजेसनलाई अन गर्नुहोस ।

 

७. लोकेसन र ब्लुटुथ बन्द राख्नुहोस् र आवश्यक परेको बेला मात्र अन गर्नुहोस ।

८. चार्ज हुँदा फोन प्रयोग नगर्नुहोस्। त्यसो गर्नाले तपाईंको ब्याट्री चाँडै बिगार्न सक्छ । कतिपय फोन ब्याट्री चार्ज गर्दा पड्किएका समाचारहरू पनि आउने गर्छ त्यसैले फोन चार्जमा हुँदा यसको प्रयोग न गर्नुहोस ।

९. बारम्बार फोन चार्ज नगर्नु होस्। एक पटक फोन चार्ज गर्नुहोस् र त्यसपछि ब्याट्री सेभर सकृय नभएसम्म चार्जमा न राख्नुहोस । बारम्बार चार्ज गर्दा ब्याट्रीको आयु चाडैँ सकिन्छ ।

१०. फोनमा कुनै मेमोरी क्लीनर एप्स वा एन्टिभाइरस एप्स नराख्नुहोस्। मेमोरी क्लीनर एप्सहरू र एन्टिभाइरस एप्सहरू सँधै ब्याक ग्राउंड मा चल्दछन् त्यसैले यि एप्सले चार्ज धेरै खपत गर्दछ। यस्ता एप्लिकेसनको जती फाइदा हुन्छ त्यती नै बेफाइदा पनि हुन्छ । यदी तपाईंले प्ले स्टोर, एप्स स्टोर वा अफिसियल स्टोर बाहेक अन्य स्रोतबाट एप्स डाउनलोड गर्नु भएन भने एन्टी भाइरसको आवश्कता पर्दैन ।

कमल धिताल

(धितालको ब्लग पढ्न यहाँ क्लीक गर्नुहोला ।)

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com