सरकारले स्वम्यूभका स्तुपा र बुद्धमूर्ति भत्काउन लागेकोमा शेर्पा किदुग अमेरिकाको भत्र्सना


प्रकाशित मिति : मंसिर २१, २०७७ आईतबार

नेपाल सरकारले काठमान्डौं उपत्यकाको कलंकी देखि चाबहिल सम्मको सडक विस्तार गर्ने नाममा स्वयम्भू क्षेत्र भित्र स्थापित हजार बुद्ध मूर्ति (सांगे तोङ स्तूपा) सहित अमिताभ बुद्ध, अवलोकितेश्वर र गुरु पद्म संभवको मूर्ति सहितका महत्वपूर्ण धार्मिक संरचनाहरु भत्काउन लागेको भन्दै युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग अमेरिका ) ले विरोध जनाएको छ । भगवान बुद्धको पवित्र जन्म भूमि नेपालमा बौद्ध सम्पदाहरुको उचित संरक्षण र प्रवर्द्धन गरिनु पर्नेमा उल्टै बिनास तर्फ उन्मुख हुनु ज्यादै दुःखदायी भएको शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाले वक्तब्यमार्फत जनाएका छन् ।

उक्त पार्कमा रहेको अमिताभ बुद्धको मूर्ति नेपालको सबैभन्दा अग्लो क्रंक्रिटको मूर्ति हो । जसको उचाई ६७ फिट रहेको छ । यद्यपी नेपालको सबैभन्दा अग्लो पत्थरको बुद्धमूर्ति भने मुक्तिनाथमा स्थापना गरिएको छ ।

शेर्पाले वक्तब्यमा भनेका छन् – ‘नेपाल सरकारको यो गैर जिम्मेवारीपूर्ण निर्णयले विश्व शान्तिका अग्रनायक भगवान बुद्धका समस्त अनुयायीहरुको आस्था र विश्वाश माथि आघात पुग्न गएको छ । यस असंवेदनशील निर्णयको कारण विश्व समुदायको सामु नेपालको छबिमा कालो धब्बा लाग्ने देखिन्छ ।’

‘बौद्ध मान्यता अनुसार कुनै पनि स्थान बिशेषमा भुमि पूजन गरी स्थापना गरिएको मूर्ति, स्तूप या मन्त्रहरु कुँदिएका हातले घुमाउने मणिचक्र जे भए पनि एक पटक प्राण प्रतिस्ठा सम्पन्न गरी सके पछि कदापि हटाउन मिल्दैन । एक ठाउँबाट अर्को ठाउँमा सार्नु पनि मिल्दैन । त्यस्ता धार्मिक आस्थाका प्रतीकहरु भत्काउने कुराको कल्पना मात्रै पनि गर्न सकिंदैन ।’ –  वक्तब्यमा भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुनै पनि धार्मिक समुदाय बिशेषको भावनामा ठेस् पुर्याउन सक्ने सबै खाले अवाञ्छित कार्यहरुमा आफूहरुको सदैव असहमति रहने भन्दै शेर्पा किदुग अमेरिकाले विकाश निर्माणको नाममा वर्तमान सरकारले गर्न लागेको यस निन्दनिय कार्यको भत्र्सना गरेको छ ।

उर्गेन शेर्पा

वक्तब्यमा भनिएको छ – ‘विकास निर्माणका अन्य थुप्रै उपाय हुन सक्छन् । अन्य कैयौं विकल्पहरु रोज्न सकिन्छन । सडक विस्तारका लागि कुनै समुदायको आस्था माथि नै प्रहार गर्नु पर्छ भन्ने छैन । कसैको धार्मिक आस्थाका संरचनाहरु तोड्नु भनेको उनीहरुको मुटुमा प्रहार गर्नु हो ।’

विगतमा बुद्ध जन्मेको देशबाट बौद्ध भिक्षुहरुलाई देश निकाला गरेको कालो ईतिहास स्मरण गर्दै बौद्ध धर्मावलम्बीहरुले हरेक शुभकार्यमा प्रयोग गरिने खताग माला प्रतिवन्धित गर्नखोज्ने वर्तमान प्रधानमन्त्रीको खेदपूर्ण अभिब्यक्ति पनि बिर्सन नसकिने वक्तब्यमा उल्लेख छ । त्यस्तै काक्रे विहार घटनाको चोट आलै रहेको र धर्मिक आस्था माथिको निरन्तर प्रहार असह्य बन्दै गईरहेको वक्तव्यमा जनाइएको छ ।

वक्तब्यमा भनिएको छ – ‘प्रज्ञा र करुणाको अभ्यास गर्ने बौद्ध धर्मावलम्बीहरु सहनशील हुन्छन् । क्षमाशील पनि हुन्छन् । त्यसो भन्दैमा बारम्बार अन्याय गरी रहँदा अकल्पनिय परिणाम निस्कन सक्छ । अति भए पछि बिस्फोट हुन सक्छ ।’

‘तसर्थ बिकास र सडक विस्तारको नाममा हुन लागेको यो विध्वंशकारी कार्य रोक्न नेपाल सरकारले आफ्नो निर्णय अविलम्व सच्याई परिस्थितिलाई थप जटिल बन्न नदिन युनाइटेड शेर्पा एसोसिएशन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । नेपाल सरकारबाट हाम्रो बिनम्र आग्रह प्रति तत्काल संबोधन नभएको खण्डमा धार्मिक सम्पदा संरक्षणको अभियानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा तीब्र बनाउँदै संयुक्त राष्ट्र संघ सम्म पुग्न हामी बाध्य हुने छौं ।’ –  वक्तब्यमा उल्लेख छ ।

उर्गेन शेर्पाबाट जारी वक्तब्यमा अझ अगाडि भनिएको छ – ‘हामी धार्मिक सहिष्णता कायम गर्न चाहन्छौं । बुद्ध जन्मेको देशमा बुद्धका स्मारकहरुको संरक्षण गर्ने अभियानमा हातेमालो गर्दै सबैले आआफ्नो स्थानबाट कृयाशील भई साथ र सहयोग गर्न हुन देश विदेशका सचेत ब्यक्ति तथा संघ संस्थाहरु लगायत शान्ति प्रेमी दाजुभाई दिदीबहिनीहरुमा शेर्पा किदुग अमेरिका हार्दिक अपील गर्दछ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com