नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बित


प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार

गृह मन्त्रालयले नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र एक इन्स्पेक्टरलाई निलम्बन गरेको छ । निलम्बित हुनेमा एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसिया छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अनियमितता गरेको खुलेपछि गृहले उनीहरुलाई निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए ।निलम्बन गरेर उनीहरूमाथि विभागीय कारबाही गर्न लागिएको बताइएकाे छ ।

कर्णालीमा रहँदा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको पाइएपछि प्रहरी प्रधान कार्यालयले उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो । एसपीद्वयमाथि छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति बनेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com