पत्रकार महासंघ कार्यालयमा तालबन्दी


प्रकाशित मिति : बैशाख २०, २०७४ बुधबार

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय र जिल्ला शाखा भोजपुरमा तालाबन्दी गरिएको छ ।
पत्रकार महासंघले भोजपुर जिल्ला शाखाको पाचौँ अधिवेशनमा मनोमानी गरेको भन्दै भोजपुरका तीन पत्रकार संगठन प्रेस युनियन, प्रेस सेन्टर र संघीय प्रेस फोरमले महासंघमा ताला लगाएका हुन् ।
महासंघ भोजपुरको पाँचौं जिल्ला अधिबेशनमा विवाद भएपछि दुई समिति बनेका थिए जसमा चौतारीको श्यामकृष्ण दाहाल नेतृत्वको समिती र अन्य तीन संगठनले चित्रान्ङगत चौलागाईको नेतृत्वमा अर्को समिति बनाएका थिए ।
यसैबीच नेपाल पत्रकार महासंघ काठमाडौं र भोजपुर शाखाको केन्द्रीय सभासद चयन गर्ने क्रममा भएका विवादास्पद कार्यप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार महासंघका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तीमा केन्द्रीय सभासद चयन गर्ने क्रममा कतिपय साथीहरु वैधानिक तवरबाट चयन भएपनि निर्वाचन समितिले तय गरेका सोहि मापदण्ड पुरा गरेर समर्थकहरुको हस्ताक्षर सहित आवेदन गरेका दर्जनौ पत्रकारहरुलाई हटाएर मनपर्दो ढंगबाट भएको सभासद चयनमा आफूहरुको असहमति रहेको जनाएका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com