अमेरिकामा संगठित श्रवणशक्ति नभएका नेपालीहरुले यसरी मनाए सांकेतिक भाषा दिवस


प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार

श्रवणशक्ति नभएकाहरुको संगठन ‘नेपाली बहिरा समाज अमेरिका’ ले अमेरिकाको न्युयोर्कमा अन्तर्राष्ट्रीय सांकेतिक भाषा दिवस मनाएको छ । २ बर्ष अगाडि अमेरिकामा ‘नेपाली बहिरा समाज अमेरिका’ स्थापना गरिएको थियो ।

न्यूयोर्क र नजिकका छिमेकी राज्यहरुबाट रुजभेल्ट आइल्याण्डमा जमघट गरेर सांकेतिक भाषा दिवस मनाइएको हो । सन् १९५८ रोममा सम्पन्न भएको ‘विश्व बहिरा महासंघ’ को पहिलो सम्मेलन देखि नै सेप्टेम्बर महिनामा ‘अन्तर्राष्ट्रीय बहिरा सप्ताह’ मनाउने गरिएको समाजका अध्यक्ष लक्ष्मण गिरीले जानकारी दिए ।

समाजका महासचिव उपेन्द्र खनालले विश्व भर श्रवणशक्ति नभएकाहरुले प्रयोग गर्ने सांकेतिक भाषा आफ्नो ठाउँ अनुशार थोरै फरक हुने भएपनि सांकेतिक भाषा धेरै हाउभाउबाट व्यक्त गरिने भएकोले एक ठाउँको श्रवणशक्ति नभएकालाई अर्को ठाउँको श्रवणशक्ति नभएकासँग संचारमा समस्या नहुने बताए ।

अमेरिकामा हालै ग्रयाजुएट समाजका सदस्य रवीन्द्र वास्तोलाले सांकेतिक भाषा विषयमा आफ्नो चासोको कारण भविष्यको पढाई र लक्ष्य सांकेतिक भाषाको अध्ययन र अनुसन्धानमा लगाउने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगत ३० वर्ष देखि यसक्षेत्रमा लागेका र अमेरिकामा श्रवणशक्ति नभएकाहरुलाई संगठित हुने प्रेरणा र सहयोग गर्दै आएका संस्थाका सस्थापक संरक्षक तथा सल्लाहकार पुस्पराज गिरीले जुन माध्यमबाटवाट भए पनि एकले व्यक्त गरेको भावना अर्को मानिसले बुझ्ने माध्यम लाई नै भाषा भनिने बताए । श्रवणशक्ति नभएकाको भाषा पनि संचारको लागि महत्वपूर्ण भएको उनले बताए ।

नेपाल सरकार विशेष शिक्षा परिषदका पूर्व राष्ट्रिय सदस्य एवं समाजका संस्थापक सल्लाहकार विश्वराज बाँस्तोलाले विकसित मुलुकका श्रवणशक्ति नभएकाहरुको अधिकार र सुविधालाई राज्यबाटै प्राथमिकता दिइएको कारण शिक्षा रोजगार एवं सवै क्षेत्रमा पहुँच पुगेको बताए । ड्राईभिङ लाईसेन्सकोवारे सर्वोच्च अदालतले श्रवणशक्ति नभएकालाई दिन अफ्ठ्यारो छैन भनेपनि सरकारले दिन आनाकानी गरेको उदाहरण दिदै नेपालमा श्रवणशक्ति नभएकाको अधिकारलाई कानुनमै उल्लेख गरिएको तर कार्यान्वयनमा नअएको उनले बताए ।

संस्थाका वरिष्ठ सल्लाहकार निर्मल कुमार देवकोटा,उपाध्यक्ष लक्ष्मण तझ्याले पनि कार्यक्रम सफलताको शुभकामना दिएका थिए । संस्थाका कोषाध्यक्ष मोहन पन्थी, सदस्य दीपक पोख्रेल र प्रशंसा खनालले कार्यक्रम आयोजना गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com