अमेरिकाको भर्जिनिया निवासी सुकृति र साइमन शर्माको कथा संग्रह प्रकाशित


प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार

विश्वमा कोरोना महामारी फैलिएको परिस्थितिमा नेपाल लगायत अन्यत्र स्थानमा रहेका शरणार्थी शिविरहरू स्थित बालबालिकाको स्वास्थ्य एबम शिक्षा सेवाको लागि सहयोग पुर्याउने लक्ष्य हेतु भर्जिनिया निवासी सुकृति शर्माले आफ्नो भाइ साइमनसँगको सहकार्यमा सत्र पुष्प पत्र नामक पुस्तक प्रकाशित गरेकी छिन।

उक्त पुस्तकमा १७ वटा कथाहरू छन् जसले मानवीय व्यक्तित्वका १७ विशेषताहरू स्वीकृति, विनम्रता, श्रद्धा, सद्गुण, उद्देश्य, सरलता, प्रतिबद्धता, लगनशीलता, सेवा, स्थिरता, आश्वासन , इच्छुकता, वफादारीता, संवेदनशीलता, अनुकम्पा, बुद्धि र भक्तिको बारेमा मनमोहक चर्चा गर्छन् । ११२ पृष्ठको उक्त पुस्तकको मूल्य ९ डलर ९९ सेन्टस राखिएको छ ।

यदि पुस्तक किन्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

आफ्ना लेखहरुको माध्यमबाट बालबालिकाहरुका लागि पत्रपत्रिकामा स्थान दिलाउन सफल सुकृतिको यो पहिलो कथा संग्रह हो । यो कथासंग्रहले युवा पाठकहरुको मन जित्ने कुरामा आफू ढुक्क भएको उनले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सान फ्रान्सिस्को विश्वविद्यालयका सहायक प्राध्यापक डा टीका लम्सालले कथाहरु पढ्दै जाँदा कथा यत्ति चाँडै अन्त नहोउन भन्ने अनुभव हुने बताए । आफूले कथाहरु पढ्ने बित्तिकै उक्त पुस्तक आफ्नी छोरी र छोरालाई पढ्न दिएको उनले बताए ।

चीनको एक विश्वविद्यालयमा पत्रकारिता पढाउने डाक्टर धर्म अधिकारीले उक्त पुस्तकको बारेमा लेखेका छन् – ‘नयाँ कोरोना भाईरस महामारीको कठिन समयमा लेखिएका यी कथाहरूको सारांश कम प्रेरणादायक छैन । जीवन भनेको अदम्य मानव भावनाको बारेमा हो, हाम्रो चेतनाको बोधो भावनाको बारेमा हो, केवल साँचो अर्थमा ब्यूँझनको लागि हो।’

पुस्तकका लेखकहरूले  यो पुस्तक उनीहरूको अभिभावकहरुको मौखिक कथा बाचन संस्कृतिबाट समृद्ध परम्पराको नतिजा भएको बताएका छन् ।

कोरोना भाइरसका कारण घरमै बन्दि भएको अवस्थामा विभिन्न शरणार्थी शिविरहरुमा आफु जस्तै बाल बालिकाहरुको स्वास्थ्य र शिक्षाको चुनौतीको बारेमा टेलिभिजनमा वृत्तचित्र हेरेपछि यो कथा संग्रह प्रकाशन गर्ने जमर्को बढेको सुकृतिले बताइन् ।

लेखकहरुले यो पुस्तक आफ्नी आमा सोना शर्मा र हजुरआमा मिन्द्र कुमारीमा समर्पित गरेका छन्। केशब राज खनालले प्रत्येक कथालाई चित्रमा उतारेका छन् भने कथा संग्रहको कभर तथा पेज डिजाइन कृष्ण शर्माले गरेका छन्। अमेजनमा सेप्टेम्बर ९ देखि पुस्तकको अनलाइन र पेपरब्याक संस्करण प्रिअर्डरको लागि उपलब्ध गराइएको थियो।

सुकृति शर्मा हाल फेयरफ्याक्स काउन्टीमा १२ कक्षामा पढ्छिन् । त्यसैगरी साइमन शर्माले ७ कक्षामा पढ्छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com