तपाई साप्ताहिक ३ सय डलरका लागि योग्य भएको इमेल आएन ? यो नम्बरमा फोन गरिहाल्नुहोस्


प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार

कोरोना महामारीका कारण काम गुमाएका झण्डै २० लाख न्युयोर्कबासीहरुलाई बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर पाउन योग्य रहेको इमेल न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले पठाएको छ । तर झण्डै ४ लाख ३५ हजारले भने उक्त रकम प्राप्त गर्न पुन प्रमाणिकरण गर्नुपर्ने भएको छ ।

उनीहरुलाई पनि डिपार्टमेन्ट अफ लेवरले सेप्टेम्बर ११ मा डकुसाइनमार्फत इमेल पठाउन सुरु गरेको छ । तपाईको इमेलमा डकुसाइनमार्फत लेबर डिपार्टमेन्टको इमेल आएको छ भने यथाशीघ्र प्रमाणिकरण गर्न सुझाव दिइएको छ । तर यदि तपाई पहिले नै योग्य भएको इमेल वा टेक्स्ट मेसेज पनि आएको छैन र डकुसाइनमार्फत प्रमाणिकरणको इमेल पनि आएको छैन भने तपाईले ८३३ ४९१ ०६३२ मा फोन गरेर प्रमाणिकरण गर्नसक्नुहुनेछ ।

सेप्टेम्बर १५ को बेलुका ५ बजेसम्म प्रमाणिकरण गरेको खण्डमा आगामी साता तीनसाताको एकमुष्ठ ९ सय डलर रकम प्राप्त हुनेछ । अन्यथा तपाईको रकम प्राप्त हुनमा ढिलाई हुनसक्ने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

योग्य व्यक्तिले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुशार अगस्त १ को सातादेखि नै यो रकम प्राप्त गर्नेछन् । योग्य भएको इमेल प्राप्त गरिसकेकाहरुले रकम प्राप्त गर्नका लागि कुनै कदम चाल्नुनपर्ने र आगामी सातादेखि खातामा रकम पठाइने भएको छ ।
झण्डै २४ लाख न्युयोर्कबासीहरु अतिरिक्त साप्ताहिक ३ सय डलरका लागि योग्य रहेको जनाइएको छ । उनीहरुलाई अहिले तीनसाताको ९ सय डलर एकमुष्ठ पठाइनेछ । अरु थप तीनसाताको रकम गरी कुल १८ सय डलर प्राप्त हुने सम्भावना रहेको छ । महामारीको समयमा न्युयोर्क राज्यले झण्डै ३५ लाखलाई झण्डै ४४ बिलियन डलर प्रदान गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म संघीय आपतकालिन व्यवस्थापन एजेन्सीले न्युयोर्कबासीहरुका लागि तीनसाताका लागि साप्ताहिक ३ सयका दरले रकम निकाशा गरिसकेको छ । अगस्त २, अगस्त ९ र अगस्त १६ को साताका लागि रकम निकाशा भइसकेको न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेबरले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com