अमेरिकामा भिसामा जालसाजी गरेको अभियोगमा ४८ बर्षका आशिष पक्राउ, १० बर्ष जेलसजाय हुनसक्ने


प्रकाशित मिति : भाद्र ७, २०७७ आईतबार

अमेरिकामा भिसामा जालसाजी गरेको अभियोगमा ४८ बर्षका आशिष साहनी पक्राउ परेका छन् । उनीमाथि भिसामा जालसाजी गरेर २१ मिलियन अमेरिकी डलर कमाएको अभियोग छ ।

सन् २०११ देखि २०१६ को बीचमा भिसामा जालसाजी गरेर उक्त रकम कमाएको अभियोग लागेका उनीमाथि अरु ६ वटा अभियोग छन् । षड्यन्त्र गरेका दुई अभियोग, रकम लिएर मानव तस्करी गरेका ३ अभियोग र जालसाजी गरेर अमेरिकी नागरिकता लिने प्रयास गरेको एक अभियोग रहेको छ ।

यदि दोषी प्रमाणित भएमा उनलाई १० बर्षसम्मको जेलसजाय हुनसक्ने जनाइएको छ । उनले ४ वटा कर्पोरेशनहरु प्रयोग गरेर कामदार भिसा एचवानबीका नक्कली आवेदनहरु दिएको समेत अभियोग लगाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वासिंटन डिसीको स्टर्लींग निवासी उनी भारतीय नागरिक भएको जनाइएको छ । उनले गलत कागजात पेश गरेर अमेरिकी नागरिकता लिन खोजेका थिए । तर सफल भने हुन सकेनन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com