नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबले नै हटायो, च्यानल समेत खारेज


प्रकाशित मिति : भाद्र ६, २०७७ शनिबार

मङगोल होप नामक युट्युब च्यानलबाट सार्वजनिक नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबले नै हटाइदिएको छ । उक्त भिडियोले घृणा फैलाएको सुचनासहित युट्युबले भिडियो हटाएको हो ।

कैयन प्रयोगकर्ताहरुले उक्त भिडियोका सन्दर्भमा युट्युबलाई रिपोर्ट गरेका थिए भने प्रहरीले उक्त भिडियो निर्माणमा संलग्न ९ जनालाई पक्राउ समेत गरेको थियो । गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र सम्पादन गर्ने सम्म रहेका थिए ।

उक्त म्युजिक भिडियो युट्युबमा अन्य च्यानलहरुबाट भने अझै पनि अपलोड गरेको पाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुलुकी ऐनमा के छ ?

मुलूकी अपराध संहिता, २०७४ को परिच्छेद ८, दफा १५१ बमोजिम राष्ट्रिय गान, झण्डा वा निशाना छापको अपमान वा क्षति गर्न नहुने व्यवस्था छ ।

दफा १५१ उपदफा (१) मा कसैले नेपाल वा नेपाल सरकार विरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, बस्तु वा अवस्थामा त्यस्तो गान झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन भनी व्यबस्था गरेको छ ।

उपदफा (२) मा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

जात जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात

मुलूकी अपराध संहिता, २०७४ को परिच्छेद ९, दफा १५६ उपदफा (१) मा कसैले लेखेर, बचनले वा आकार वा चिन्हद्वारा वा अरु किसिमबाट जात जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पु¥याउन हुँदैन । उपदफा (२) मा उक्त उपदफा (१) बमोजिमको कसूर गर्ने गराउने व्यक्तिलाई २ वर्ष सम्म कैद र बीस हजार रुपियाँ सम्म जरिवाना हुनेछ भन्ने व्यवस्था छ ।

झण्डाको दुरुपयोगमा निषेध

राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ को दफा ११ मा राष्ट्रिय झण्डाको दुरुपयोगमा निषेध गरिएको छ । राष्ट्रिय झण्डाको अपमान हुने गरी कुनै कार्य गर्न नहुने, झण्डा च्यात्न वा फ्याँक्न नहुने र फहराउने प्रकृतिको कार्यबाहेक अरु काममा प्रयोग गर्न नहुने कार्यविधिमा उल्लेख छ ।

राष्ट्रिय स्वाधीनताको प्रतीक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही कसैले पनि गर्न नपाउने भन्दै सरकारले ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ जारी गरेको थियो । कार्यविधिको बुँदा (घ) मा व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न नपाइने उल्लेख छ भने बुँदा (ङ) मा व्यक्तिले  शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागबाहेक अन्यत्र लगाउन निषेध गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com