भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुल्ने, अमेरिकाबाट नेपाली जानपाउने, साउदी कतारबाट नपाउने


प्रकाशित मिति : भाद्र ५, २०७७ शुक्रबार

सरकारले भदौ १६ गतेदेखि लागू हुने गरी शर्तसहित अन्तर्राष्ट्रिय उडान गर्न दिने निर्णय गरेको छ । पीसीआर परीक्षण सहज भएका देशहरु मलेसिया, दुबई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, अमेरिका, क्यानडा युरोपेली देश, अस्ट्रेलिया र हङकङबाट नेपाल आउन अनुमति भएका नेपाली नागरिक, नेपालमा रहेका विदेशी नियोगका कुटनीतिज्ञ र कर्मचारी र विकास साझेदार संस्थाका कर्मचारी र प्रतिनिधिलाई मात्रै नेपाल ल्याउने गरी नियमित उडान गर्ने पनि सरकारले निर्णय गरेको छ ।

नेपाल आउनेले जहाज चढ्नु ७२ घण्टा अघिको प्रमाणपत्र देखाउनुपर्ने र नेपाल आउने फारम भरेको र होटल बुकिङको प्रमाण देखाउनुपर्नेछ । उनीहरुले सात दिन होटल क्वरेण्टीन बस्ने खर्च पनि टिकट काट्दा नै बुझाउनुपर्नेछ । सरकारले तोकेका मापदण्ड विपरीत यात्रु बोकेर आएका जहाजलाई कारबाही गर्ने भएको छ । पीसीआर परीक्षण सहज नभएका देशहरु साउदी अरब, कुवेत, कतार र अन्य देशबाट नियमित उडानबाट भने यात्रु ल्याउन नपाइने भएको छ । नियमित उडानको लागि अनुमति नभएका देशमा भने चार्टर्ड उडानमार्फत श्रमिकको उद्धार गर्न सकिने सरकारले जनाएको छ ।

यस्तै सरकारले फेरि उद्दार उडान सुरु गर्ने भएको छ । दैनिक पाँच सयभन्दा नबढ्ने गरी विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्ने सरकारले निर्णय गरेको छ । सरकारले उद्धार गर्नेहरुको सूचीमा राखेकाहरुको क्वरेण्टीन खर्च सरकाले बेहोर्ने भए पनि अन्य यात्रुले होटल क्वरेण्टीनको खर्च आफै बेहोर्नुपर्नेछ । यवैवीच सरकारले बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई २ लाख रुपैंया राहत प्रदान गर्ने निर्णय गरेको छ ।

एकै परिवारका धेरैजनाको मृत्यु भएको भए सो २ लाखमा अरु सदस्यका लागि थप १ लाखका दरले सहायता उपलब्ध गराइनेछ । बिहीबार बसेको मन्त्रीपरिषद्को निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले धनजनको क्षति भई खानबस्न समेत समस्या रहेका परिवारलाई त्यसका लागि २० हजार रुपैंयाको दरले राहत उपलब्ध गराइने बताए । त्यसै गरी घाइतेहरुको सम्पूर्ण उपचार खर्च पनि सरकारले ब्यहोर्ने निर्णय गरेको छ । पहिरोबाट पुरै घर ध्वस्त भई नयाँ घर नै निर्माण गर्नुपर्ने अवस्था भए घर निर्माणको सहयोगको लागि सरकारले प्रति परिवार १ लाख सहयोग दिने निर्णय गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com