चितवनमा निजी खर्चमा पिसिआर परीक्षण शुरु


प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार

सरकारी प्रयोगशालामा मात्र पिसिआर परीक्षण हुँदै आएकामा आजदेखि निजी खर्चमा जिल्लावासीले कोरोना भाइरस सङ्क्रमणको परीक्षण गर्न पाउने भएका छन् । यहाँको चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पिसिआर परीक्षण गर्न शुरु गरेको छ ।

कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार पहिलो दिन आज अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको नमूना जाँच शुरु गरिएको छ भने अन्य सर्वसाधारणको पनि आजदेखि नै परीक्षण गर्न शुरु गरिने छ । यहाँ गरिएको पहिलो परीक्षणको नतिजा पुनः परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा पठाइने उनले जानकारी दिए । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको रु पाँच हजार ५०० मा १० प्रतिशत थप गरी शुल्क लिइनेछ । नमूना परीक्षणका लागि रु छ हजार ५० लिइने उनले जानकारी दिए ।

कलेजले भित्र्याएको पिसिआर उच्चस्तरको हो । छ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पिसिआर परीक्षण गर्नसक्ने आठ जना प्राविधिक रहेका छन् । दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० को स्वाब परीक्षण गर्न सकिनेछ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो । प्रयोगशाला निर्माणमा रु पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिकाबाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् । निजी स्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् ।

जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ । भरतपुर अस्पतालमा सङ्कलन भएको नमूनाको सङ्ख्या थपिँदै गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । ठूला सङ्घसंस्था, बहुर्राष्ट्रिय कम्पनीले कर्मचारी र मजदूरको नमूना परीक्षणका लागि कुराकानी गरिरहेको उनले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विपद्मा खटिएका सशस्त्र प्रहरीमा कोरोना
विपद्मा खटिएकाबाट सशस्त्र प्रहरी बल नम्बर ३ गढिमाई बाहिनीमा सङ्क्रमण फैलिएको पाइएको छ । बाढीपछिको उद्धारबाट फर्किएका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि थप परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण फैलिएको पुष्टि भएको छ । यसअघि १७ जनाको नमूना परीक्षण गर्दा आठ जनामा र अहिले ६० जनाको नमूना परीक्षण गर्दा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नम्बर ३ गढिमाई बाहिनी वाग्मती प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले विपद्को समयमा १ र २ नम्बर प्रदेशमा खटिएको समूहमा कोरोना देखिएको जानकारी दिए । उनीहरु बारा, झापालगायतका जिल्लामा एक महिनाअघि उद्धारमा खटिएर फर्किएको उनको भनाइ छ । उनले भने, “विपद्बाट फर्किएपछि १५ दिनसम्म क्वारेन्टिनमा राखेका थियौँ तर अहिले आएर कोरोना देखियो ।” उनले थपे, “कोरोना सङ्क्रमण देखिएका ५० जनामध्ये नौ जनामा सामान्य ज्वरो आएको थियो । अन्यमा त्यस्तो कुनै लक्षण देखिएको थिएन ।” क्वारेन्टिनमा राख्दा कुनौँ लक्षण नदेखिएपछि उनीहरुलाई नियमित कार्य क्षेत्रमा पठाइएको उनले जानकारी दिए ।

कार्यक्षेत्रमा खटिएपछि गरिएको नमूना परीक्षणका क्रममा कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए । सङ्क्रमण भेटिएकालाई छुट्टै आइसोलेसनमा राखिनेछ । श्रेष्ठले भने, “उनीहरु मेसदेखि ब्यारेकसम्म को–को सँग सम्पर्कमा आए ती सबैको कन्ट्याक टे«सिङको आधारमा परीक्षण गर्छौं ।” अहिले सो बाहिनीमा ३०० कार्यरत रहेका छन् । जसमध्ये सशस्त्र प्रहरी नायब उपरीक्षकदेखि परिचरसम्मलाई कोरोना सङ्क्रमण देखिएको छ ।

यो बाहिनीले वाग्मती प्रदेशको उपत्यकाका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ । केही दिनअघि सीमा सुरक्षा बल आँपटारीमा कार्यरत एक जना सशस्त्र प्रहरी जवानमा समेत कोरोना देखिएको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत पाँच जना प्रहरीमा पनि कोरोना देखिएको थियो । त्यसैगरी प्रहरीको थुनुवा कक्षमा रहेका दुई जनामा कोरोना देखिएको छ ।  रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com