गोकर्णमा निर्माणाधीन निजामती स्मारक अन्तिम चरणमा


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

शिलान्यास भएको एक दशकमा निजामती स्मारकको काम अन्तिम चरणमा पुगेको छ । निजामती दिवसको अवसर पारेर विसं २०६८ भदौ १९ गते तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेले राष्ट्रिय शहीद स्मारक निर्माणस्थल गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निजामती पार्क शिलान्यास गरेका थिए । शिलान्यासको एक दशकपछि निजामती स्मारक निर्माण अन्तिम चरणमा पुगेको यज्ञडोल सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।

शिलान्यासपछि त्यसै वर्ष असोज १५ गते मुख्यसचिव घिमिरेको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले निजामती स्मारक निर्माण सम्पन्न भएपछि विशिष्ट श्रेणीका पदाधिकारीले स्मारकमा माल्यार्पण गरेर फर्केपछि मात्र पदबहाली गर्ने भनी निर्णय गरेको थियो । यो निर्णय विसं २०६८ चैत ७ गते सरोकार भएका निकायमा जानकारीका लागि पत्राचार गरिएको थियो । स्मारक निर्माण अन्तिम चरणमा पुगेपछि राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती (स्मारक), यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कसरी सञ्चालन गर्ने त्यसको तयारी गर्न भनी पत्राचार गरेको छ ।

त्यसबेलाका कागजात मन्त्रालयमा पत्र प्राप्त भएपछि सरोकार भएका निकायसँग छलफल भइरहेको सामान्य प्रशासन मन्त्रालय कर्मचारी कल्याण शाखा प्रमुख तुलसी दाहालले जानकारी दिए । यस वर्ष निजामती दिवसका अवसरमा भदौ २२ गतेको कार्यक्रम नै निजामती स्मारकमै गर्ने गरी तयारी गर्न समितिका तर्फबाट सामान्य प्रशासन मन्त्रालयलगायत सरोकार भएका निकायलाई ध्यानाकर्षण गराइएको छ ।

विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद्ले राणाशासनको अन्त्यदेखि पछिल्लो परिवर्तनसम्म शहादत प्राप्त गर्ने शहीदको सम्मानमा काठमाडौँको गोकर्णमा राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) सँगै निजामती पार्क पनि निर्माण गर्ने निर्णय गरेको थियो । निर्णय भएको डेढ दशकसम्म पनि शहीद स्मारक सम्पन्न हुन सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा निर्माण भइरहेका धेरै संरचनाको ७० प्रतिशत काम सकिएर पनि अलपत्र बनेकै बेला आयोजना हेर्ने शान्ति तथा पुनःनिर्माण मन्त्रालय खारेजीमा परेपछि आयोजना थप अन्योलमा थियो । गत वर्षदेखि शहरी विकास मन्त्रालयले आयोजना हेर्ने निर्णय भएपछि हाल फेरि काम शुरु भएको छ । काम शुरु भएसँगै निजामती स्मारक अन्तिम चरणमा पुगको हो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com