विकास योजनामा चरम भ्रष्टाचारः छानविनको माग


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

डोल्पाको ठूलीभेरी नगरपालिका–६ मा सञ्चालित तीन वटा विकास योजनामा चरम भ्रष्टाचार भएको आरोप लगाउँदै त्यहाँका युवाले त्यसको छानविनको माग गरेको छ । उक्त विकास योजनामा चरम भ्रष्टाचार भएको भन्दै स्थानीय सचेत युवाले जिल्ला प्रशासन कार्यालय डोल्पामा योजनाको नाम र रकमसहित उल्लेख गरेर उजुरी दिँदै सत्यतथ्य छानविनको माग गरेका हुन् ।

उपभोक्ता समितिमा सोझासाझा सर्वसाधारणलाई राखेर उनीहरुको सोझोपनको फाइदा उठाउँदै जिल्ला वन डिभिजन कार्यालयका कर्मचारी र वडाका जनप्रतिनिधि मिलेर योजनाको लाखौँ रकम दुरुपयोग गर्ने गरेको सुशासनका लागि युवा अभियानका अभियान्ता सुमन बुढाले बताउनुभयो ।उक्त योजनाको बृहत् छानविनका लागि स्थानीय युवा मिलेर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको उहाँले बताउनुभयो । तामाचौर हुँदै सुनदहसम्मको पर्यटन पदमार्गको कूल बजेट रु २० लाखमा कार्यालयबाट सबै रकम भुक्तानी भइसकेको भए पनि गाउँलेलाई एक रुपैयाँ पनि नबाँडेको पाइएको बुढाले बताउनुभयो । “जैरीताल संरक्षणको कूल बजेट रु २० लाखमा चार लाख ८८ हजार मात्र रकम गाउँलेलाई वितरण गरिएको छ, बाँकी १४ लाख १२ हजारको कुनै हिसाब किताब छैन्”, उहाँले भन्नुभयो ।

“राधेबल पहिरो नियन्त्रणका लागि विनियोजित रु २० लाखमा आठ लाख ३५ हजार मात्र खर्च भएको देखिएको छ, बाँकी रकमको कुनै हर हिसाब देखाइएको छैन्, तीनवटै योजनामा ठूलो रकम घोटाला गरिएको पाएका छौँ, त्यही भएर छानविनको माग गर्दै प्रशासनमा निवेदन दिएका हौँ ।” तीन वटै योजना जिल्ला वन डिभिजन कार्यालयबाट सञ्चालित योजना हुन् । “यी विकास योजना प्रतिनिधिमूलक घटना मात्र हुन्, वडामा अन्य दर्जनौँ विकास योजनामा खुलेआम भ्रष्टाचार भएको छ, ती कुरा पनि बिस्तारै बाहिर ल्याउँछौँ”, बुढाले भन्नुभयो । जैरीताल संरक्षण समितिका अध्यक्ष नदे बुढाले धेरै थोरै रकम जिल्लाका विभिन्न कार्यालयलाई दिएको स्वीकार गर्नुभयो ।

योजनाका रकमका विषयमा आफ्ूलाई त्यति जानकारी नभएकाले सम्पूर्ण जानकारी दिन सचिवलाई सम्पर्क गराउँछु भनेको केही समयमा उहाँको फोन स्विच अफ भयो । यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले निवेदनमा उल्लेख भएअनुसारका तीनवटै योजनाको छानविन प्रक्रिया शुरु भई कागजपत्र झिकाउने काम भइरहेको जानकारी दिनुभयो । “सत्यतथ्य छानविनका लागि, योजनाको स्थलगत अध्ययन र अनुगमन पनि गर्छौं, दोषी देखिए कारवाहीका लागि सिफारिस पनि गर्छौं”, प्रजिअ सुनारले भन्नुभयो । तीनवटै उपभोक्ता समिति र डिभिजन वन कार्यालयलाई लिखित पत्र काटेरै योजनाका विषयमा जानकारी लिनेसमेत उहाँले बताउनुभयो । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com