सुन्दरतालाई गुमाउँदै कला र सस्कृति


प्रकाशित मिति : १३ बैशाख २०७४, बुधबार

नेपालमा पर्यटकको मुख्य आकर्षण भनेको नेपालको कला र सस्कृति हो तर आज तेही ईतिहास बोकेको कलाले आफ्नो सुन्दरतालाई दिनानुदिन गुमाउदै गैरहेको छ |

मुख्य त पर्यटक को आगमन हुने बिभिन्न मठ मन्दिरमा कुदियका र ईतिहास बोकेको टुडाल अहिले फुटेर,चर्कियर त कतै कुहिएर बिग्रिदै गएको छ

अधिकाम्स टुडाल मल्लकालिन बुट्टाहरु हुन यदी समयमानै यस्को हेरचाह नहुने हो भने अबको केही समयमा नै यस्ले आफ्नो स्वोरुप परिवर्तन गर्ने निश्चित छ ।

टुडाल भनेको के हो ? कसरी बन्न थाल्यो यौनक्रिडाका विभिन्न आसनहरु ?

नेपाली शैलीका मन्दिर वा घरको गारोको भागबाट ४५ डिग्रीको कोणमा छाना अड्याउन एक विशेष काठको प्रयोग गरिन्छ त्यसैलाई टुडाल भनिन्छ |

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

सुरुमा टुडालमा शरीरका विभिन्न मोडका मात्रै आर्कषक कलाहरु बनाइन्थ्यो । हिन्दु धर्ममा यसरी तले मन्दिरका टुंडालमा कला कुद्ने काम भने बौद्ध धर्मबाट आएको मानिन्छ ।

पहिले–पहिले वनदेवीले भिक्षुुहरुको रक्षा गरेको र पछि हिन्दु संस्कृतिमा वनदेवीलाई कालाभाञ्जिकाकै स्वरुप मानियो ।कालाभाञ्जिकाले आफ्ना मान्छेलाई रुखका हाँगामा बसेर सुरक्षा दिन्छिन् भन्ने विश्वास भएका कारण मन्दिरको माथिल्लो भागमा ४५ डिग्री बनाएर रुखकै हाँगामा झुण्डिएजसरी मूर्ति कुद्न थालियो ।

त्यतिबेलासम्म मन्दिरमा यसरी यौनक्रिडाका विभिन्न आसनहरु सहितका कला देख्न पाइदैनथ्यो । तर, १३ औं शताब्दीमा पनौतीमा निर्माण भएको इन्द्रेश्वर महादेव मन्दिरको टुडालमा भने कामुक कलाको प्रयोग गरेको पाइन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com