सैनिकको भेषमा आएका आतंकबादीले यसरी मारे ७० बढी सैनिक


प्रकाशित मिति : बैशाख ९, २०७४ शनिबार

अफगानिस्तानका अधिकारीहरुले अफगान सैनिकको भेषमा आएको तालिबान बन्धुकधारीहरुले उत्तरी शहर मजार-ए-शरिफमा ७० भन्दा बढी सैनिकलाई मारिदिएको बताएका छन्।

सैनिक प्रवक्ता नस्रतउल्लाह जम्सिदीले विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थना सकेर फर्किरहेका फौजीहरुमाथि त्यस्तो हमला गरेको जनाए।

चमेना गृहमा नास्ता गरिरहेका अन्य सैनिकहरुलाई पनि निशाना बनाइएको थियो।

तालेबानले आफ्ना आक्रमणकारीले विस्फोन गराएको र आत्मघाति हमलाकारीले उक्त सैन्य शिविरको सुरक्षा घेरा तोडेको बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राति अबेरसम्म लडाइँ चलिरहेको थियो र अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने जनाएका छन्।

उक्त आक्रमणका कम्तीमा १० जना तालेबान उग्रवादीहरु मारिएका छन्।

एकजना सैनिक कमाण्डरले एफएपी समाचार संस्थासँग कुरा गर्दै शुक्रबार अबेरसम्म गोली हानाहानको आवाज सुनिएको र कम्तीमा एकजना हमलाकारीले आफैंलाई विस्फोट गराएको जनाएका छन्।

अमेरिकी सेनाका प्रवक्ता जन टमसले रोएटर्स समाचार संस्थासँग कुरा गर्दै शुक्रबारको आक्रमण एउटा ठूलो हमला भएको बताए।

मजार-ए-शरिफमा रहेको सैन्य अखडा अफगान राष्ट्रिय सेनाको २०९ औँ पल्टन बस्ने गरेको छ।

उक्त फौजले हालैका समयमा भीषण लडाइँहरु बेहोरेको उत्तरी अफगानिस्तानको कुन्दुज लगायतका क्षेत्रमा सुरक्षा उपलब्ध गराउने जिम्मेवारी पाएको छ।

अफ्गानिस्तानको पश्चिमा समर्थन प्राप्त सरकारले तालेबान र अरु विद्रोही समूहसँग लामो सयमदेखि लडाइँ गरिरहेको छ।

अघिल्लो महिना इस्लामिक स्टेट समूहका उग्रवादीहरुले गरेको ठानिएको एउटा हमलामा काबुलमा कम्तीमा ५० जनाले ज्यान गुमाएका थिए।

गएको मार्चमा तालेबानहरुले दक्षिण अफगानिस्तानको एउटा महत्वपूर्ण जिल्ला आफ्नो कब्जामा लिएको घोषणा गरेका थिए।

बीबीसीबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com