अमेरिका : साना विजनेशका लागि संघीय अग्रिम राहतको रकम सकियो


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

साना व्यवसायलाई अमेरिकाको सरकारले प्रदान गर्दै आएको इकोनोमिक इन्जुरी डिसास्टर लोनको अग्रिम राहत रकम सकिएको एसबीएले जनाएको छ । अमेरिकी संसदले आग्रिम राहतका लागि छुट्याएको २० बिलियन डलर समाप्त भइसकेको हो ।

अमेरिकी सरकारले कोरोनाबाट प्रभावित विजनेशका लागि एकहजारदेखि १० हजारसम्म अग्रिम राहतको व्यवस्था गरेको थियो । जुन रकम विजनेशहरुले फिर्ता गर्नुनपर्ने र तत्काल राहतका लागि प्रदान गरिदै आएको थियो ।

यद्यपी एसबीएले ईआईडीएल लोन अन्तरगत आवेदनहरु भने स्वीकार गर्नेछ । तर तिर्न नपर्ने १ हजारदेखि १० हजारसम्मको अग्रिम राहत भने दिनेछैन । ईआईडीएल लोन २ मिलियनसम्मको हुन्छ भने व्याजदर नाफामुलकका लागि ३ दशमलव ७५ प्रतिशत र गैरनाफामुलकका लागि २ दशमलव ७५ प्रतिशतसम्म हुन्छ । यो ऋण ३० बर्षभित्र तिर्न सकिन्छ ।

आइतबारसम्म एसबीएले झण्डै ६ मिलियन रोजगारदाताहरुलाई अग्रिम राहत प्रदान गरिसकेको छ । यो राहत ५ सय वा त्यो भन्दा कम कामदार भएका विजनेशलाईमात्र प्रदान गरिदै आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा मात्र ३ लाख ९२ हजार ३ सय ६६ रोजगारदाताहरुले १ दशमलव १ बिलियन डलरभन्दा धेरै रकम प्राप्त गरिसकेका छन् । अमेरिकी संसदले गत अप्रिलमा अग्रिम राहतका लागि थप रकम उपलब्ध गराएको छ भने उक्त रकम पुन थप्ने सम्भावना पनि रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com