नेपालमा ४२.७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्किए !


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

नेपालमा  हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित ६ हजार ८११ जना सङ्क्रमणमुक्त भई घर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको  छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी सङ्क्रमित पुष्टि भएको प्रदेश २ मा नै सबैभन्दा बढी बिरामी सङ्क्रमणमुक्त भएका छन् । प्रदेश २ मा चार हजार १८४ जना सङ्क्रमित पुष्टि भएकोमा २०७२ जना कोरोनामुक्त भएका छन् । हाल प्रदेश २ का आठ जिल्लामा दुई हजार ११२ जनामा कोरोनाभाइरसका सक्रिय बिरामी छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म ४२.७ प्रतिशत कोरोना सङ्क्रमित सङ्क्रमण मुक्त भएर घर फर्केका छन् । आइसोलेसनमा नौ हजार ११८ जना भर्ना भई उपचारार्थ छन् ।

प्रदेश १ मा ७१० जना सङ्क्रमित पुष्टि भएकोमा ४६९ जना कोरोनामुक्त भई घर फर्केका छन् । वाग्मती प्रदेशमा हालसम्म ६३९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । २३४ जना कोरोनामुक्त भई घर फर्केका छन् । वाग्मती प्रदेशमा ४०५ जना बिरामीमा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छ ।

गण्डकी प्रदेशमा हालसम्म एक हजार १७५ जना सङ्क्रमितको पुष्टि भएको छ, २९५ जना कोरोनामुक्त भएका छन् र ८८० जना कोरोनाभाइरसका बिरामीमा सङ्क्रमण सक्रिय छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश ५ मा तीन हजार ९८४ जना कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये एक हजार ८५७ जना कोरोनामुक्त भएका छन् । प्रदेश ५ मा दुई हजार १२७ जनामा भाइरसको सङ्क्रमण अझै सक्रिय छ ।
कर्णाली प्रदेशमा हालसम्म एक हजार ५८१ जनामा कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएकोमा एक हजार २२२ जना मुक्त भई घर फर्केका छन् । ३५९ जना बिरामीमा मात्रै कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छ ।

कोरोनाभाइरसका सङ्क्रमण सक्रिय रहेको बिरामीको सङ्ख्या सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा छन् । भारतमा कार्यरत रही लकडाउनको बेला दैनिक सयौँको सङ्ख्यामा नेपाली स्वदेश फर्केका थिए । सुदूरपश्चिम प्रदेशमा हालसम्म तीन हजार ६९१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । ६६२ जना कोरोनाबाट मुक्त भई घर फर्केका छन् भने ३०३२ जना अझै आइसोलेसनमा छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com