नेपाल सरकारको गैर आवासीय नेपाली सल्लाहकारमा खगेन्द्र क्षेत्री नियुक्त


प्रकाशित मिति : चैत्र ३१, २०७३ बिहीबार

नेपाल सरकार परराष्ट्र मन्त्रालयले अमेरिकामा पुगेर वकालत गर्ने पहिलो नेपाली वकिल हुन् खगेन्द्र क्षेत्रीलाई गैर आवासीय नेपाली अवैतानिक सल्लाहकारमा नियुक्त गरेको छ । एनआरएन अमेरिकाका निर्बतमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य समेत रहनु भएका क्षेत्रीलाई मन्त्री स्तरीय निर्णयबाट अवैतानिक सल्लाहकारमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । यो पद पहिलोपटक सृजना गरिएको हो भने यसको पदावधी तोकिएको छैन ।

मन्त्रालयबाट क्षेत्रीलाई दिइएको पत्रमा परराष्ट्र मन्त्रालयको क्षेत्राधिकार अन्तर्गत पर्ने कानुनी तथा नीतिगत बिषयमा गैर आवासीय नेपाली संघ एवं अन्य विदेशस्थीत नेपाली संस्थासँग समन्वय गरी परामर्श दिन समेत सल्लाहकारमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । क्षेत्रीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आर्जन गरेको कानुन सम्बन्धीको ज्ञानलाई नेपाल सरकारले कदर गर्दै नियुक्त गरेको समेत जनाएको छ ।

पराराष्ट्र मन्त्रालयले बिदेशमा नेपालीको संख्या बढेसंगै पहिलो पटक एनआरएन सल्लाहकार नियुक्त गरेको हो । मन्त्रालायले आफुलाई सल्लाहकारमा नियुक्त गरेपछि खुशी ब्यक्त गर्दै उहाँले नेपाल सरकार, परारष्ट्र मन्त्री, मन्त्रालय, सचिव, लगायत सबैमा हार्दिक आभार ब्यक्त गर्नुभएको छ । क्षेत्रीले आफुले एनआरएनको बर्तमान नेतृत्व लगाएत सबै क्षेत्रका बिज्ञहरुलाई साथमा लिएर सरकारलाई उचित परामर्श दिने बताउनुभएको छ ।

बिश्वबिख्यात कोलम्बीया बिश्वबिद्यालयबाट एलएलएम र फोरधाम युनिभर्सीटीबाट जेडि गरेका क्षेत्री न्यूयोर्क, क्यालिफोर्निया , टेक्सास र नेपालमा समेत क्षेत्री एण्ड एशोसिएट्स नामक ल फर्म सञ्चालन गरेर कानुनी सेवामा सकृय हुनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा रहेर तिन दशक भन्दा लामो समय कानुनी पेशामा सकृय रहनुका साथै समाजसेवामा समेत लागेका क्षेत्री अमेरिकाको सुपर लयर समेत हुनुहुन्छ । क्षेत्रीको नियुक्तसंगै अमेरिकामा रहेका नेपाली समुदायका अगुवाहरुले खुशी ब्यक्त गरेका छन् । क्षेत्रीको नियुक्तीको खबरलाई अत्यन्तै हर्षित बनाएको बन्दै जनसपम्र्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले उंहाको नियुक्तीले गैर आवासीय नेपालीको अधिकार नयां सबिंधानमा थप सुरक्षित हुने विश्वास ब्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com