हुलाक कार्यालयका प्रमुख सहित आठ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध कर्मचारी नियुक्ति र कार्यालय भवन निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कार्यालयका प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर केसी र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्यामकुमार सिंहको मिलेमतोमा गलत दरबन्दी तयार पारी उनीहरुको नाममा तलब भत्तासमेत लिई भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

गलत विवरण तयार पारी १५२ स्वीकृत दरबन्दीभन्दा बढी पटकपटक गरी १४७ जना र २६० जनाको दरबन्दी थप भएको उल्लेख गरी रु एक करोड ८२ लाख छ हजार ९०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा कार्यालय प्रमुख मल्लविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै शाखा अधिकृत श्यामकुमार सिंहले पनि गलत दरबन्दी खडा गर्न सहयोग गरेको पाइएकाले रु एक करोड ८२ लाख छ हजार ९०० नै बिगो कायम गरी मुद्दा दायर गरिएको छ । आयोगले नायब सुब्बा गौतमविरुद्ध पनि प्रमुख मल्ल र शाखा अधिकृत सिंह बराबरै बिगो दाबी माग गरिएको आयोगले जनाएको छ ।

सहायक कम्प्युटर अपरेटर केसीविरुद्ध पनि रु एक करोड ८२ लाख छ हजार ९०० र लेखापाल शालीग्राम पौडेलविरुद्ध रु एक करोड ७५ लाख ५८ हजार ६३० बराबरको बिगो दाबी गरिएको छ । सोही अभियोगमा कार्यालयका नायब सुुब्बा रणबहादुर बोहोराविरुद्ध रु ३० लाख तीन हहजार २१०, साविक कोष तथा लेखा नियन्त्रक कार्यालय दैलेखमा कार्यरत लेखा नियन्त्रक शुभाकर न्यौपाने र लेखापाल दीपबहादुर थापाविरुद्ध पनि कार्यालय प्रमुख मल्ल बराबरकै बिगो कायम गरिएको छ । यस्तै आयोगले इलाका प्रहरी कार्यालय बिपीनगर डोटीमा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहोराले अवैध काठ तस्करी गरेर ट्र्याक्टरमा लोड गरिरहेकासँग मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले बोहोराविरुद्ध रु ६१ हजार २० र केदार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध पनि समान बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । त्यस्तै आयोगले नेपाल राष्ट्रिय आधारभूत मावि पर्सामा सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरेको अभियोगमा प्रधानाध्यापक सन्तोषकुमार गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गुप्ताविरुद्ध रु छ लाख बराबरको बिगो माग दाबी गरेको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com